११ पुस २०८२ शुक्रबार
image/svg+xml
समाज

पहिरो खसेपछि कोशी राजमार्ग अवरुद्ध

कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला खण्ड पहिरोले अवरुद्ध भएको छ। 

आज (बुधबार) बिहान मकालु गाउँपालिका–३ आलफाट्टेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख रामकुमार लामिछानेले जानकारी गराए। 

मङ्गलबार रातभर वर्षा भएपछि एकुवा खोलामा आएको बाढीले कटान गर्दा पहिरो खसेको हो। लामिछानेका अनुसार पहिरो पन्छाएर सडक खुलाउने प्रयास जारी छ। रासस

प्रकाशित: १० वैशाख २०८२ १०:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App