सुनसरी हरिनगर गाउँपालिका–४ भुटहा बजारबाट प्रहरीले ११ लाख रुपैयाँभन्दा बढीको काँचो केरासहित चार जनालाई शुक्रबार पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गाडीका चालक मोरङग रतुवामाई गाउँपालिका–८ का २२ वर्षीय प्रल्हाद दाहाल, मोरङ्ग उर्लाबारी नगरपालिका–८ का २४ वर्षीय ज्ञानबहादुर भट्टराई, सुनसरी भोक्रा हानरसिंह गाउँपालिका–२ का २७ वर्षीय सेराज मियाँ र कोशी गाउँपालिका–८ भण्टाबारीका ६० वर्षीय रामेश्वर दास रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक केशबकुमार थेबेले जानकारी दिए।
सूचनाका अधारमा खटिएको प्रहरीको टोलीले घुस्कीबाट इनरुवातर्फ आउँदै गरेको प्र १–०२–००२ च ७४४९ र प्र १–०१–००२ च १८०१ नम्बरको पिकअप गाडीलाई जाँच गर्दा विलबिजक नभएको काँचो केरासहित नियन्त्रणमा लिएको उनले जानकारी दिए।
बरामद भएका सामग्रीको ११ लाख २० हजार रुपैयाँ मूल्याङ्कन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बरामद भएका केरा र सवारी आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोसी ब्यारेज बुझाइएको प्रहरीले जनाएको छ। रासस
प्रकाशित: ५ वैशाख २०८३ ०९:४० शनिबार





