२९ वैशाख २०८३ मंगलबार
image/svg+xml
राजनीति

रास्वपाको प्रवास विभाग प्रमुखमा दीपक बोहरा नियुक्त

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रवास विभाग प्रमुखको जिम्मेवारी केन्द्रीय सचिवालय सदस्य तथा सांसद दीपक बोहरालाई दिएको छ।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले बोहरालाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो। पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए ।  

यसअघि प्रवास विभाग प्रमुखको जिम्मेवारी डिपी अर्यालले सम्हाल्दै आएका थिए। अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएपछि पार्टीको कार्यकारी जिम्मेवारीबाट अलग भएकाले उक्त पद रिक्त भएको थियो।

पार्टीले प्रवासमा रहेका नेपालीसँग समन्वय र संगठन विस्तारलाई अझ प्रभावकारी बनाउने उद्देश्यले बोहरालाई जिम्मेवारी दिइएको जनाएको छ।

 

प्रकाशित: ६ वैशाख २०८३ १७:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App