२० श्रावण २०८३ बुधबार
image/svg+xml
समाज

रवीन्द्र मेहता निधन प्रकरण : सरकार र परिवारबिचको वार्ता सकारात्मक, शव परीक्षण गर्न सहमति

फाइल तस्बिर

सरकार र मृतक रवीन्द्र मेहताका परिवारबिच भएको वार्ता सकारात्मक रूपमा अघि बढेको छ। गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा आज शिक्षण अस्पताल महाराजगञ्जमा भएको छलफलमा सरकारतर्फबाट परिवारका माग पूरा गर्ने प्रतिबद्धता जनाइएको छ।

छलफलमा गृहमन्त्री गुरुङले घटनाप्रति दुःख व्यक्त गर्दै आवश्यक सहयोग र राहत दिन सरकार तयार रहेको बताए। वार्तामा सहभागी आफन्तले मृतकका बुबाआमासँग सल्लाह गरेर भोलि फेरि थप कुराकानी गर्ने बताएका छन्।

साथै, उनीहरूले मेहताको शव बुझेर परीक्षणका लागि शिक्षण अस्पताल पठाउन सहमति जनाएका छन्। भोलि फेरि छलफल गरेर सहमतिलाई अन्तिम रूप दिने तयारी छ।

सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा यही साउन १० गते राति भएको घटनामा घाइते भएका २२ वर्षीय रवीन (रवीन्द्र) मेहताको आज त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

यता, जिल्ला प्रशासन कार्यालय सुनसरीले पनि मेहताको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ। प्रशासनले एक अपिल जारी गर्दै मेहताको असामयिक निधनप्रति श्रद्धाञ्जली अर्पण र शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।

प्रशासनले पीडित पक्षका माग सम्बोधन गर्न र गृहमन्त्रीसँग भएको सहमति अनुसार राहत उपलब्ध गराउन राज्य प्रतिबद्ध रहेको जनाएको छ। साथै, यो शोकको बेला संयम र धैर्यता अपनाउन सबै पक्षलाई अपिल गरिएको छ। रासस

प्रकाशित: १९ श्रावण २०८३ २१:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App