राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्ष निर्वाचित सांसद नभएका निर्वाचन क्षेत्रहरूमा समानुपातिक प्रणालीबाट निर्वाचित सांसदलाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ।
आइतबार बसेको पार्टी सचिवालय बैठकले उक्त निर्णय गरेको हो। जिल्ला तथा निर्वाचन क्षेत्रसहितको जिम्मेवारी बाँडफाँटको सूची सोमबार बस्ने केन्द्रीय समितिको बैठकबाट औपचारिक रूपमा पारित गरिने पार्टीले जनाएको छ।
प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले कुल १८२ सिट प्राप्त गरेको थियो। जसमा प्रत्यक्षतर्फ १२५ निर्वाचन क्षेत्रमा जित हासिल गरेको थियो भने समानुपातिक प्रणालीबाट ५७ सिट प्राप्त गरेको थियो।
प्रकाशित: ६ वैशाख २०८३ १७:३७ आइतबार




