नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सत्तामा हुँदा गुमेको विश्वास, पिंढीमा बसेर गरिने गफले नफर्किने बताएका छन्।
जनताको स्वाद नबुझी खोलिएका 'दुकान' पुरानै सेल्सम्यान र मालिकले जति सिंगार गरे पनि नचल्ने भन्दै यस्तो बताएका हुन्। सोही क्रममा उनले जिब्रोको चाकडी रोग नै भएको जिकिर गरे।
'नेपालका राजनीतिक पार्टीहरू कससँग मिल्ने/नमिल्ने भन्ने कुरा जनताको मुख्य चासो होइन। विगतका गल्तीहरूको आत्मसमीक्षा गर्दै जनतासँग माफी माग्ने र नयाँ पुस्तालाई नेतृत्व सुम्पने साहस नै सुधारको सही बाटो हुन सक्छ,' उनले सामाजिक सञ्जालामा लेखे, 'सत्तामा हुँदा गुमेको विश्वास, पिंढीमा बसेर गरिने गफले फर्किँदैन। जनताको स्वाद नबुझी खोलिएका 'दुकान' पुरानै सेल्सम्यान र मालिकले जति सिंगार गरे पनि चल्दैनन्। जिब्रोको चाकडी त रोग नै हो नि!'
प्रकाशित: ८ वैशाख २०८३ ०९:२२ मंगलबार





