२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

राष्ट्रपति भण्डारीद्वारा अन्नपूर्ण केवलकार अवलोकन

राष्ट्रपति विद्यादेवी भण्डारीले पोखराको सेदिमा रहेको अन्नपूर्ण केबलकारको अवलोकन गरेकी छन्। सोमबार पोखरा आएकी भण्डारीले केबलकारको अबलोकन गरेको जनरल म्यानेजर दिनेश पौड्यालले जानकारी दिए।

राष्ट्रपति भण्डारीले अबलोकनका साथै केबलकार यात्रा समेत गरेकि छिन्। त्यस क्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य लगायत थिए। 

 मंगलबार पोखरामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन आएकी उनले सोमबार बेलुकी केवलकार यात्रा गरेकी थिइन्।  

प्रकाशित: ३१ श्रावण २०७९ ०८:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App