५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

गोरखा दरबारः समयमै निर्माण नसक्नेलाई बाँकी कामको पनि ठेक्का

पुन निर्माणको चरणमा रहेको गोरखा दरबार । तस्बिरः नरहरि सापकोटा÷नागरिक

गोरखा दरबार पुन निर्माणको काम समयमै पूरा गर्न नसकेको कम्पनीले दरबारको बाँकी कामको पनि जिम्मा पाएको छ । गोरखा दरबार ठडिएपनि त्यहाँ भित्रको काम पूरा गर्न बाँकी छ । ७३ लाख ३८ हजार रुपैयाँमा टेण्डर आह्वान गरिएकोमा २१.३३ प्रतिशत घटेर ५६ लाख १६ हजार रुपैयाँमा शिवाको–यरिसा–रोयल जेभीले कामको जिम्मा पाएको विभागका लेखा अधिकृत राजन रेग्मीले बताए ।  

यसअघिको ठेक्कामा पनि जेभी रहेको शिवाको अहिलेको ठेक्कामा पनि सहयात्री छ । समयमै काम पूरा नगरेको शिवाकोले अहिले जिम्मा लिएको बाँकी काम पूरा गर्नेमा स्थानीयले आशंका गरेका छन् । पेटी निर्माण, रंगमहलमा पेटी, इट्टा बिछ्याउन, गाह्रोमा प्लास्टर गर्ने, झ्याल–ढोकामा खापा राख्ने लगायतका काम बाँकी रहेको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि भुसालले बताए । दरबारमा प्रयोग भएको सामाग्री बिग्रन नदिन छानाको पानी कटाउने काम पनि बाँकी छ ।  

२०७४ कात्तिकमा दुई वर्षभित्र दरबार निर्माण सक्ने गरी पुन निर्माणको जिम्मा पचली शिवाको जेभीले लिएको थियो । तर काम गर्न चारवर्ष समय लाग्यो । पुरातत्व बिभागले पटक–पटक ताकेता गर्दा पनि पचली शिवाको जेभीले काम गर्न सकेन । अधुरो काम गर्न नयाँ ठेक्का आह्वान गरिएको हो । नयाँ ठेक्कामा पनि पुरानै कम्पनीले दावी गरेपछि बिभागले काम समयमै सकिनेमा आशंका गरेको छ । सोही कारण बिभागले ठेक्का पाएको कम्पनीसँग बिस्तृत योजना, विश्लेषण समेत मागेको स्रोतले जनाएको छ ।  

अहिले पाएको दरबार पुन निर्माणको कामको ठेक्का २०७९ असार मसान्तसम्ममा निर्माण सम्पन्न गरिसक्नु पर्नेछ । दरबारमा अहिले कालिका र रङ्गमहलको मर्मत पनि सुरु भएको छ । रेट्रोफिटिङ गरेर मर्मत गरिने गोरखा दरबार हेरचाह अड्डाका प्रमुख भुसालले बताए ।  

प्रकाशित: २८ भाद्र २०७८ ०६:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App