१० पुस २०८२ बिहीबार
image/svg+xml
राजनीति

'खेमराज सेढाईंलाई नियमित खाने औषधि लिन घर जानसमेत दिइएन'

२०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा घटाइएको राजावादी घटनामा संलग्न भएको आरोपमा खेमराज सेढाईं पक्राउ परेका छन्। ७२ वर्षीय सेढाईं सोमबार (आज) पक्राउ परेका हुन्। 

यता राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिले भने सेढाईंलाई नियमित खाने औषधि लिन घर जानसमेत नदिएको आरोप लगाएको छ।

'उहाँ (खेमराज सेढाईं) ले आफ्नो नियमित सेवन गर्ने औषधि घरमा भएकाले कम्तिमा औषधि लिन घरसम्म पुर्‍याएर मात्र नियन्त्रणमा लिन अनुरोध गर्दासमेत अमानवीय रूपमा गरिएको पक्राउको निन्दनीय छ,' समितिका प्रवक्ता स्वागत नेपालले भनेका छन्।

उनले तीनकुने घटनामा सेढाईंको कुनै संलग्नता नभएकोसमेत बताएका छन्।

'उहाँको संलग्नता बताइए पनि उहाँ राष्ट्रगान गाइरहेको अवस्थामा अश्रुगोली वर्षा खप्न नसकी मञ्चबाट सहयोगीहरूले बचाएर बाहिर निकालिएपछि हालसम्म नियमित स्वास्थ्य उपचारका क्रममा विश्राममा र सामान्य कार्यक्रमहरूमा सहभागी भइरहनु भएकोमा ३७ दिनपछि पक्राउ गरिएको हो। उहाँलाई यसपूर्व नै पक्राउ गर्न सकिने अवस्था थियो। तर, आन्दोलनका कार्यक्रम तय हुने बैठकबाट पक्राउ गरिनुले सरकारको कायरता पुष्टि भएको छ। तीनकुनेको राज्यआतंक दिन उहाँको मञ्मा उभिएर राष्ट्रगान गाउने बाहेक कुनै पनि भूमिका थिएन,' उनले थपे भनेका छन्।

प्रकाशित: २२ वैशाख २०८२ २१:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App