१० पुस २०८२ बिहीबार
image/svg+xml
खेल

सुर्खेतमा अन्तर विद्यालय क्रिकेट प्रतियोगिता हुँदै

एसियन क्रिकेट काउन्सिलको वार्षिक कार्यक्रम अनुसार मंगलबारदेखि सुर्खेत जिल्ला स्तरीय अण्डर–१६ अन्तर विद्यालय क्रिकेट प्रतियोगिता हुने भएको छ।

जिल्ला क्रिकेट संघको आयोजनामा सुरु हुन लागेको प्रतियोगितामा विभिन्न १२ वटा विद्यालयहरू सहभागी हुँदै छन्।

संघका जिल्ला अध्यक्ष श्रीधर केसीका अनुसार विजेतालाई ५१ हजार १११ र उपविजेता टिमलाई २५ हजार १११ रुपैयाँ पुरस्कार राशि राखिएको छ।

यस्तै, प्लेयर अफ दि म्याचले एक हजार र सिरिजभरी उत्कृष्ट धेरै रन बनाउने र विकेट लिने एक–एक जनालाई २५ सय रुपैयाँको पुरस्कार राखिएको उनले जानकारी दिए।

‘विद्यालयस्तरबाट उत्कृष्ट गर्ने खेलाडी छनोट गरेर सुर्खेत जिल्लाको टीम बनाउने लक्ष्य अनुसार विद्यालय स्तरीय प्रतियोगिता आयोजना गरेका हौं,’ उनले भने, ‘यहीँ टिमले प्रदेशस्तरीय प्रतियोगिता खेल्नेछ।’

वैशाख २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रज्ञा पाठशाला, इगरब्रिज स्कुल, नेपाल राष्ट्रिय आधारभूत विद्यालय, हार्भेष्टमुन बोर्डिङ स्कुल, साउथ एसियन स्कलर्स एकेडेमी, आदर्शराज मेमोरियल स्कुल, एसओएस हर्मन माइनर स्कुल, उषा बालबालिका स्कुल, डिभी निकेतन, भ्याली मेरिडियन स्कुललगायत विद्यालय सहभागी हुनेछन्।

प्रकाशित: २२ वैशाख २०८२ २१:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App