१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सिंधु जल सम्झौता निलम्बनसँगै भारतले रोक्यो चिनाब नदीको पानी

फाइल तस्बिर।

भारतले पाकिस्तानसँगको सिंधु जल सम्झौता निलम्बन गरेसँगै चिनाब नदीको पानी रोकिदिएको छ।

भारतीय समाचार संस्था पीटीआईका अनुसार जम्मुको रामबनमा रहेको बगलिहार बाँधमार्फत चिनाब नदीको पानी रोकिने प्रक्रिया सुरु भएको छ। त्यस्तै, कश्मीरको किशनगंगा बाँधमार्फत झेलम नदीको पानी रोक्ने योजना पनि तयार भइरहेको छ।

यसैबीच, भारतीय वायुसेनाका प्रमुख अमरप्रीत सिंहले आइतबार प्रधानमन्त्री नरेन्द्र मोदीसँग ७ लोक कल्याण मार्गस्थित निवासमा भेट गरेका छन्। स्रोतका अनुसार प्रधानमन्त्री मोदी र एयर चीफ मार्शलबीच हालैको पहलगाम आक्रमणसम्बन्धी छलफल भएको थियो।

पहलगाम आतंकवादी हमलाको आज १२ दिन भइसकेको छ। पाकिस्तानसँगको चिसो सम्बन्धका बीच प्रधानमन्त्री मोदीले सुरक्षा संयन्त्रसँग निरन्तर बैठक गरिरहेका छन्। शनिबार उनले नौसेनाका प्रमुखसँग पनि भेट गरेका थिए।

उता, आइतबार पन्जाबको अमृतसर प्रहरीले दुई पाकिस्तानी जासूसलाई पक्राउ गरेको छ। प्रहरीले जनाएको अनुसार ती व्यक्तिहरू सैन्य छावनी र एयरफोर्स बेससम्बन्धी सूचना तथा तस्बिरहरू विदेश पठाउँदै थिए।

उनीहरू पाकिस्तानको गुप्तचर संस्था आईएसआईका एजेन्ट रहेको पुष्टि भएको छ।

प्रकाशित: २१ वैशाख २०८२ १५:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App