७ वैशाख २०८१ शुक्रबार
समाज

धरानमा ४ गतेदेखि १० दिन लकडाउन, औषधि पसल मात्र खोल्न दिइने

व्यापारी, व्यवसायिहरु लकडाउनप्रति असन्तुष्ट

धरानमा कोरोना संक्रमणको दर बढ्दो क्रममा रहेको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले भदौ ४ गतदेखि १३ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ।

धरानको नगर कार्यपालिका बैठकले लकडाउन गर्ने सिफारिश गरेको भोलीपल्ट प्रशासनले १० दिन लकडाउन गर्ने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जारी गरेको आदेशमा लकडाउन अवधिमा औषधी पसलबाहेक सबै बजार, पसलहरु बन्द गर्ने उल्लेख छ। स्थानीय तहले संक्रमण दर बढेको भन्दै लकडाउन गर्न सिफारिश गरेअनुसार निर्णय गरिएको प्रजिअ ढकालले बताए। कोरोना संक्रमणको चेन ब्रेक गर्न कडाउन गरिएको उनको धरानका जनप्रतिनिधि र प्रशासनको भनाई छ।

लकडाउन अवधिमा सर्वसाधारणको हिडडुल र आवतजावतलाई पुर्णरुपमा निषेध गरिएको छ। यस्तै, धरान गएर कोशी राजमार्गमा चल्ने सवारीसाधानहरुलाई धरान क्षेत्रमा रोक्न, रोकेर यात्रुहरु चढाउन वा ओराल्न पुर्णरुपमा निषेध गरिएको प्रशासनले जनाएको छ। यसैगरि, दुग्धजन्य पदार्थ सटर नखोली बिहान ७ बजेभित्र बिक्री वितरण गरिसक्नुपर्ने पनि जारी आदेशमा उल्लेख छ।  

नगर क्षेत्रमा कुनै पनि व्यक्ति विरामी भएमा आवश्यक एम्बुलेन्सको व्यवस्था र कोभिड १९ बाट मृत्यु भएकालाई शव वहानको लागि सम्बन्धित वडा अध्यक्ष वा उपमहानगरसँग समन्वय गर्नुपर्ने पनि उल्लेख छ। यसैगरि, वीपी प्रतिष्ठानमा विरामीलाई उपचारको भरपर्दो व्यवस्था मिलाउने, प्रतिष्ठानका पदाधिकारी, चिकित्सक, नर्स, कर्मचारी मात्र हाताभित्र आवतजावत गर्न सक्नेछन् भने लकडाउनलाई प्रभावकारी अनुगमन गर्न जनप्रतिनिधिसहित स्थानीय सुरक्षा टोलीहरु परिचालन गर्ने पनि आदेशमा उल्लेख छ।

लकडाउन प्रति व्यापारीहरु असन्तुष्ट

लकडाउनप्रति भने धरानका व्यापारी, व्यवसायीहरु असन्तुष्ट छन्। उनीहरुले लकडाउन गर्नुअघि स्वास्थ्य मापदण्ड पुर्णरुपमा पालना गराउने र दण्ड, जरिवाना गर्ने अभियान थाल्नुपर्ने सुझाव दिए पनि स्थानीय सरकार र प्रशासनले एकैचोटी लकडाउन गर्ने निर्णय गरेको भन्दै असन्तुष्ट छन्।

धरानका बस्तुगत व्यवसायीहरुको भेलाले लकडाउन गर्न नहुने भन्दै सुनसरी उद्योग वाणिज्य संघ मार्फत जिल्ला प्रशासन कार्यालय र उपमहानगरपालिकामा ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ। विना कुनै योजना लकडाउन गर्न लागेको उनीहरुको ठहर छ। सुनसरी उद्योग वाणिज्य संघले पनि लकडाउनप्रति असन्तुष्टी प्रकट गरेको छ। यद्यपी, संघले लकडाउनको पहिलो दिन अनुगमन गर्ने र धरानको सबै तिर पुर्णरुपमा पालना नभएको अवस्था पाएमा अवज्ञा गर्ने निर्णय गरेको छ। 

संघका अध्यक्ष गिरीधारी सापकोटाले दोस्रो लहरको बेला धरानको भानुचोक, छाताचोक, पुरानो बजार क्षेत्रको व्यापार, व्यवसाय मात्र बन्द भएको तर अन्यत्र सबैतिर खुल्ला भएको बताए। यसपाली पनि त्यस्तै खालको लकडाउन गरिएका अवज्ञा हुने उनले बताए। ‘लकडाउन गर्ने नै हो भने सबै तिर सबै ठप्प हुनुपर्छ, मान्छे घरबाहिर निस्कन दिनु भएन। कुनै गाडी चल्न दिनु भएन,’उनले भने,‘बजार क्षेत्र चै बन्द गर्ने, अरुतिर खुला हुने भयो भने हामी सबै व्यापारी, व्यवसायीहरुले अवज्ञा गछौं।’

प्रकाशित: २ भाद्र २०७८ १२:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App