११ वैशाख २०८२ बिहीबार
image/svg+xml २१:२ अपराह्न
समाज

बागलुङको तमानखोलामा जिप दुर्घटना हुँदा १० जना घाइते

बागलुङको तमानखोला गाउँपालिका—२ बोङ्गादोभानमा सवारी दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

सोमबार बोङ्गादोभानबाट भयरकटेरीटतर्फ जाँदै गरेका ग १ ज ५७०५ नम्बरका पिक अप जिप उकालोमा ब्रेक फेल भई सडकमा पल्टिदा १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । 

उनीहरुलाई उपचारका लागि बुर्तिबाङ अस्पतालतर्फ ल्याइएको छ । जिपमा सवारी चालक सहित ११ जना रहेको प्रहरीले जानकारी दिएको छ । घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको बताइएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ । 

प्रकाशित: १ वैशाख २०८२ १४:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App