२८ चैत्र २०८१ बिहीबार
image/svg+xml १:५९ पूर्वाह्न
समाज

केबलकारको पक्षमा फुङलिङमा निकालियो सद्भाव र्‍याली

पाथीभरा क्षेत्रमा केबलकार निर्माणको पक्षमा रहेकाहरूले मङ्गलवार फुङलिङमा सद्भाव र्‍याली निकालेका छन् । ताप्लेजुङ विकास प्रेमी युवा समाजको ब्यानरमा निकालिएको र्‍याली नगर परिक्रमा गर्दै वीरेन्द्रचौकमा आएर कोणसभामा परिणत हुने तयारी रहेको आयोजकले जनाएका छन् ।

'वृद्ध–वृद्धा के भन्छ,केबलकार ले भन्छ’ ‘अशक्तले के भन्छ,केबलकार ले भन्छ’ ताप्लेजुङ जिल्लाको समृद्धिको आधार, पाथीभरा मुक्कुमलुङमा केबलकार’जस्ता नारा लगाउँदै प्रदर्शन गरिएको छ । र्‍यालीमा फुङलिङ नगरप्रमुख अमिर मादेन सहित नगर क्षेत्रका जनप्रतिनिधि समेत सहभागी छन् । उद्योगी,व्यवसायी र नागरिक समाजका अगुवा समेत र्‍यालीमा स्र्फुत रुपमा सहभागी भएको नगरप्रमुख मादेनले बताए । यसअघि पनि केबलकार पक्षधरहरूले सद्भाव र्‍याली र मोटर साइकल निकालेका थिए ।

यता केबलकार निर्माणको विपक्षमा रहेका आन्दोलनरत पक्षले पाथीभरा मन्दिरमा क्षमा पूजा र मुक्कुमलुङ पदयात्रा सुरु गर्ने भएका छन् । मङ्गलवारबाट सुरु हुने पदयात्रा फागुन ८ गते बिहीबार फुङलिङ आइपुग्ने ‘नो केबलकार’पक्षका नवीन पोमूले जानकारी दिए । पोमूका अनुसार‘नो केबलकार’पक्षले पाथीभरा मन्दिरमा क्षमापूजा भने हरेक दिन बिहान गर्ने गरी तयारी गरेको छ । मुन्धुमी धार्मिक स्थलमा भौतिक संरचना बनाएर सांस्कृतिक अतिक्रमण गरेको भन्दै युमामाङसँग प्रार्थनाका लागि क्षमा पूजा गर्न लागिएको‘नो केबलकार’पक्षले जनाएको छ ।

प्रकाशित: ६ फाल्गुन २०८१ १५:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App