१६ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

न्याय परिषद्को विश्वसनीयता अभिवृद्धि गर्न विशेष जोड दिनेछु: प्रस्तावित प्रधानन्यायाधीश राउत

प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्याय परिषद्को विश्वसनीयता अभिवृद्धि गर्न आफूले विशेष जोड दिने बताएका छन्  ।

बुधवार संसदीय सुनुवाइ समिति समक्ष आफ्नो कार्य योजना प्रस्तुत गर्दै उनले सो प्रतिवद्धता व्यक्त गरेका हुन ।  प्रस्तावित प्रधानन्यायाधीश राउतले न्याय परिषद्बाट हुने न्यायाधीश नियुक्ति लगायतका कामकारबाहीलाई प्रभावकारी बनाउने कुरामा आफूले ध्यान केन्द्रित गर्ने योजना रहेको पनि बताए ।

उनले नेपालको संविधान बमोजिम स्वच्छ, निष्पक्ष, छिटोछरितो एवं गुणस्तरीय न्याय सम्पादन गरी सबैका लागि न्याय सुनिश्चित गर्नु प्रधानन्यायाधीशको प्रमुख जिम्मेवारी रहेकोप्रति पनि आफू स्पष्ट र प्रतिबद्ध रहेको बताए । 

प्रस्तावित प्रधानन्यायाधीश राउतले न्याय प्रशासनलाई प्रभावकारी बनाउने प्रधानन्यायाधीशको अन्तिम जिम्मेवारीप्रति पनि आफू त्यत्तिकै सचेत र संवेदनशील रहेको जानकारी दिए । उनले न्यायालयमा तय गरिएका कार्य योजना कार्यान्वयनका लागि बजेट, जनशक्ति लगायतका विषयमा देखिएको समस्या समाधानका लागि सरकार र सम्बन्धित निकायसँग समन्वय र सहकारी गरी अघि बढाउने पनि बताए । 

प्रकाशित: १६ आश्विन २०८१ १६:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App