२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

महानगरले थाल्यो न्युरोडको फुटपाथ विस्तारको काम (तस्बिरहरू)

काठमाडौँ महानगरपालिकाले नयाँ सडक (न्युरोड) मा फुटपाथ विस्तारको काम सुरु गरेको छ।

उच्च अदालत पाटनबाट आदेश आएसँगै महानगरपालिकाले बुधबारदेखि न्युरोडमा फुटपाथ विस्तारको काम सुरु गरेको हो।

महानगरपालिकाले न्युरोडमा फुटपाथ विस्तार गर्न थालेको थियो। सो कार्यलाई डिभिजन सडक कार्यालय, काठमाडौँले अवरोध गरेको थियो।

यो पनि पढ्नुहोस्

न्युरोड विवाद सुल्झेनः मेयर वडाध्यक्ष टकराब उत्कर्षमा

त्यसपछि  महानगरपालिकाले जेठ २७ गते उच्च अदालत पाटनमा रिट दायर गरेको थियो। सो रिटमा उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले महानगरपालिकाले माग गरेबमोजिमको अन्तरिम आदेश दिएको थियो।

रिट निवेदनमा महानगरपालिकाले, आफ्नो क्षेत्रभित्रको वडा नं. २२, २३ र २४ अन्तर्गत पर्ने न्युरोड बजार क्षेत्रमा आर्थिक वर्ष २०८०–०८१ को आर्थिक बजेटबाट फुटपाथ (सडक पेटी) विस्तार गर्ने योजना अनुरूपको कार्य सञ्चालन गर्ने सन्दर्भमा विपक्षी सडक डिभिजन कार्यालयले मिति २०८१ जेठ १२ बाट अवरोध सृजना गरी सडक पेटी निर्माण गर्न नदिने ब्यहोराको पत्राचार एवं भौतिक रूपमा हस्तक्षेप गरेको उल्लेख गर्दै उपचारको र तत्काल अन्तरिम आदेश माग गरेको थियो। 

प्रकाशित: २ श्रावण २०८१ १२:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App