२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

कोशी ब्यारेजका ५६ वटै ढोका खोलिए, रेड अलर्ट जारी

सप्तकोशी नदीको जलसतहले खतराको तह पार गरेको छ। सप्तकोशीमा पानीको सतहले खतराको तह पार गरेपछि अहिले कोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएका छन्। यसअघि २०७६ असार २९ गते कोशी ब्यारेजका सबै ढोका खोलिएको थियो ।

कोशी नदीमा तीन लाख ६८ हजार ६८० क्युसेक जलसतह मापन गरिएको कोशी नदी नियन्त्रण मापन केन्द्रका कर्मचारी धिरज कुमारले बताए।

उनले नदीमा पानीले खतराको तह पार गरेसँगै रेड अलर्ट जारी गरिएको र सबैलाई सुरक्षित स्थानमा जान अनि सावधानी अपनाउन भनिएको बताए।

उनले ब्यारेज प्रशासनले अधिकत्तम खतराको सूचना जारी गर्दै कोशी ब्यारेजमा रातो झण्डा राखिएको पनि बताए।

पहाडी क्षेत्रमा शुक्रबारदेखि निरन्तर वर्षा भएसँगै कोशी नदीमा निरन्तर जलसतह बढिरहेको छ। जलसतह उच्च भएपछि रातिदेखि खतराको संकेत रातो बत्ति बालिएको केन्द्रले जनाएको छ।

प्रकाशित: २३ असार २०८१ १०:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App