२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

ठाउँ-ठाउँमा पहिरो खस्दा कर्णाली राजमार्ग दुई दिनदेखि अवरुद्ध

शुक्रवारदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध बनेको छ।

दैलेख र कालीकोटको सीमानामा पर्ने गगने खोला, एसमोड, हुल्म टिमुरेर गाल्जेमा पहिरो खस्दा शनिवारदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी पोषण थापाले जानकारी दिए।

राजमार्ग अवरुद्ध हुँदा सुर्खेतदेखि कालीकोट, जुम्ला, मुगु आवतजावत गर्ने सवारीसाधन रोकिएका छन्। गगनेखोलामा ढुङ्गा खसिरहेकाले पहिरो पन्छाउन समस्या भइरहेको सूचना अधिकारी थापाले बताए।

बर्सेनि कर्णाली राजमार्गमा पहिरोले सास्ती दिने गरेको छ। कालिकोट खण्डमा मात्रै ६ स्थानमा पहिरो गएको छ। जसमा गाल्जे, शेरीघाट, एसमोड,गगने खोला, टिमुरे, गल्लीमा पहिरो गएको हो। गगनेखोला र हुल्मको पहिरो शनिबार पनी पन्छाउन नसकिएको डीएसपी अर्जुन केसीले जानकारी दिए। उनले भने, ‘पहिरोले बिहानैदेखि सवारी आवागमन ठप्प छ । सवारीसाधन अलपत्र छन्। यात्रुहरु जोखिममा छन्।

बर्सेनि सामान्य वर्षा हुनेबित्तिकै सडकमा पहिरो जाने समस्याका कारण कर्णालीवासी आजित छन्। अविरल वर्षासँगै सडकमा पहिरो जान थालेपछि कर्णालीमा दैनिक उपभोग्य वस्तुहरुमा कालोबाजारी हुन सक्ने अनुमान गरिएको छ। पहिरो जानेबित्तिकै पहिरो पन्छाउन मेसिनको व्यवस्थापन गर्नुपर्ने स्थानीयको भनाइ छ।  

प्रकाशित: २३ असार २०८१ ०७:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App