२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नयाँ संरचना अनुसार सहरी क्षेत्रमा २७ प्रतिशत मात्र बसोबास

राष्ट्रिय तथ्याँक कार्यालयले सार्वजनिक गरेको जनगणना २०७८को नयाँ तथ्याँक अनुसार हाल नेपालमा २७.०७ प्रतिशत मात्र जनसँख्या सहरी क्षेत्रमा बसोबास गरेको उजार गरेको छ।

कार्यालयले मंगलबार सार्वजनिक गरेको नेपालमा ग्रामीण तथा शहरी क्षेत्रको श्रेणीगत  वर्गीकरण प्रतिवेदन अनुसार दुइ वर्ष लगाएर गरेको स्थलगत अध्ययनले हालको सहरी क्षेत्रको जनसँख्या २७.०७ प्रतिशत मात्र रहेको तथ्याँक अधिकृत दिनानाथ लम्सालले बताए। उनले देश नयाँ संरचनामा गएसाथै धमाधम हचुवाको भरमै नगरपालिका घोषणा गर्ने होडबाजीकै कारण वास्तविक सहरी जनसँख्या गणना गर्न  चुनौति थपिएको छ।

यसकारण   ग्रामीण तथा सहरी क्षेत्रको श्रेणीगत वर्गीकरण विधिलाई संयुक्त राष्ट्रसंघीय तथ्याँक आयोगको बैठकले विश्वब्यापी रुपमा सहरी र ग्रामीण क्षेत्रलाई पुनः परिभाषित गर्नकालागि उपयुक्त विधिका रुपमा अनुमोदन गरेको जनाए। यही विधि अपनाउँदै नेपालको सन्दर्भमा सहरी, शहरोन्मुख र ग्रामीण क्षेत्रका रुपमा नेपालको बसोबास क्षेत्रलाई वर्गीकरण गरी यो अध्ययन प्रतिवेदन सार्वजनि  गरेको उनले जनाए।  

नयाँ विधि अनुसार जनसँख्या, जनघनत्व,बसोबासक्षेत्र र सहरी क्षेत्रको श्रेणीगत विशेषताको निरन्तरता जस्ता चार आधारमा बडाहरुलाई ग्रामीण र सहरी क्षेत्र श्रेणीगत वर्गीकरण गरि अध्ययन गरिएको छ।  

सर्वाजनिक गरिएको प्रतिवेदनाम उल्लेख भए अनुसार नेपालको सन्दर्भमा ग्रामीण तथा सहरी क्षेत्रमा बर्गीकरणको नतिजा अनुसार जनगणना २०६८ र जनगणना ०७८ बीचमा सहरी जनसँख्या २२.३१ प्रतिशत बाट उल्लेख्य बढेर २७.०७ प्रतिशत पुगेको देखिन्छ।

‘ग्रामीण तथा सहरी क्षेत्रको श्रेणीगत बर्गीकरण अनुसार हाल सहरी क्षेत्रमा २७.०७ प्रतिशत जनसँख्या मात्र बसोबास गरेको देखाएको छ,’ अनुसन्धानमा संलग्न अधिकृत लामिछानेले भने ‘पहिला १० वर्षमा ग्रामीण क्षेत्र ३८.५ प्रतिशतबाट झरेर ३३.१९ प्रतिशतमा पुगेको तथ्याँकले देखायो। यसैगरी सहरोन्मुख जनसँख्या ३९.१९ प्रतिशतबाट बढेर ३९.७५ प्रतिशत पुगेको छ।’ उनले थपे‘विशेषताका आधारमा शहरोन्मुख क्षेत्र भएपनि सहरी क्षेत्र भनिएको स्थानमा अझै पनि जनसँख्याको ठूलो हिस्सा रहेको देखिन्छ।’ अर्थात ग्रामीण जनसँख्या अझै पनि एक तिहाई रहेको नयाँ तथ्याँकले उजार गरेको छ। जबकी प्रबृतिका आधारमा ग्रामीण क्षेत्रबाट शहरोन्मुख र सहरी क्षेत्रमा बसाइँसराइले जनसँख्यालाई सहरी क्षेत्रमा ब्यवस्थापन गर्न कठिनाई भएको र ग्रामीण क्षेत्रमा बसाइँसराइ कम गर्न दबाब परेको देखियो।

नेपालको संबिधान अनुसार राज्य पुनर्सरचना भएपछि तीन तहको सरकार बन्यो। यस अनुसार ७५३ वटा थानीय तह बने। जसमा महानगरपालिका र उपमहानगरपाकिलासहित २९३ वटा नगरपालिका घोषणा भए भने ४६० गाउपालिका रहेका छन्।  

कार्यालयका प्रवक्ता डा. हेमराज रेग्मीका अनुसार महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकालाई सहरी क्षेत्रको रुपमा परिभाषित गरिए जसले गर्दा हालको अवस्थामा नीति निर्माण कार्यमा सहजता नभएको तथ्या फेला पर्यो। २९३ नगरपालिका सहर भनिने र ४६० गाउँपालिकामा बस्ने सबै ग्रामीण क्षेत्र भन्ने सरकारको निर्णयमा आलोचना हुन थाल्यो। ‘यसपछि जनगणनाले श्रेणीगत वर्गीकरणको विधि अपनाएर बडास्तरमै गएर दुई वर्ष अध्ययन अनुसन्धान गर्दा गाउँपालिका भनिएको क्षेत्रभित्र  शहर चरित्रका भेटिए र नगरपालिका भनिएका ठाउहरुमा गाउँ चरित्रका थुप्रै बस्तीहरु भेटियो ,’ प्रवक्ता रेग्मीले नागरिकसँग भने ‘शहरीकरणको आयमलाई फरक ढंगले केलाई पुुुनः परिभाषित गर्नु पर्ने जरुरी देखियो। ’ उनले थपे ‘बडाहरुको बसोबास गर्ने जनसँख्याको आधारमै अध्ययन विश्लेषण गर्दा २७ प्रतिशत मात्र शहरमा जनसँख्या बसोबास रहेको ०७८को जनगणनाले देखायो र एक तिहाई ग्रामिण क्षेत्रमा बसोबास गर्ने देखियो।’

जनगणना २०७८ अनुसार नेपालमा नगरपालिको जनसँख्या ६६.१७ प्रतिशत र गाउँपालिकाको जनसँख्या ३३।८३ प्रतिशत देखाएको छ। नेपालमा ६६.१७ प्रतिशत शहरी क्षेत्र छ भन्ने आधार अर्धशहरी वा शहरोन्मुख नगरपालिकाहरुले नदिने हुँदा यस्तो अवस्थामा अन्तराष्ट्रिय अभ्यासहरुको अध्ययन गरि त्यसलाई स्थानीयकरण तथा पुर्नपरिभाषित गर्नु पर्ने अवस्था आएको उनले जनाए। 

भौगोलिक क्षेत्रको आधारमा ग्रामिण तथा सहरी क्षेत्रको श्रेणीगत वर्गीकरण विधि अनुसारको विश्लेषणले ग्रामीण जनसँख्या पहाडमा ६६प्रतिशत र हिमालमा १६ प्रतिशत छ। सहरोन्मुख जनसँख्या तराईमा ८५ प्रतिशत र पोखरा महानगरपालिका र काठमाण्डौंका उपत्यका कारण असन्तुलित हुँदै शहरी जनसँख्या पहाडमा ५३ प्रतिशत र त्यसपछि तराईमा ३९ प्रतिशतमा केन्द्रित रहेको देखिन्छ।

यसैगरी सथानीय तह अनुसार हेर्दा श्रेणीगत वर्गीकरण अनुसार गाउपालिकाहरुको २४१२ वडामा ५८ प्रतिशत जनसँख्या ग्रामीण क्षेत्रमा रहेको देखिन्छ भने अधिकतर सहरोन्मुख ६६४ बडाहरु क्षेत्रमा ३६.१ प्रतिशत र शहर ९१३९ ० वडाहरुमा ५।९ प्रतिशत जनसँख्या रहेको तथ्याँकले देखाएको छ। यस्तै नगरापकिालहरुको २८.४ प्रतिशत जनसँख्या शहरी क्षेत्रमा (५९१) वडाहरु बहुसङ्ख्या करिब ४६ प्रतिशत शहरोन्मुख क्षेत्रमा (१२८५ बडाहरु ) र अझै पनि २५.४ प्रतिशत (१२४४कडाहरु) ग्रामीण क्षेत्रमा रहेको देखिन्छ।

उपमहानगरपालिकाहरुमा समेत ३९ प्रतिशत जनसँख्या शहरोन्मुख विशेषताकाक्षेत्रमा र ५३ प्रतिशत शहरी वर्गीकरणको क्षेत्रमा बसोबास गरेको अध्ययनले देखाएको छ। महानगरपालिकाहरुमा १७ प्रतिशत शहरोन्मुख क्षेत्र छ भने २.३ प्रतिशत ग्रामीण विशेषताको तथा ८०.७ प्रतिशत शहरी क्षेत्र छ। तुलनात्मक रुपमा नगरपालिका भए पनि बसोबास क्षेत्रको मुख्य विशेषता अझै पनि शहरोन्मुख छन् र उल्लेख्य जनसँख्या ग्रामीण क्षेत्रमै बसोबास रहेको तथ्याँकले बोल्छ।यसैगरी शहरी र शहरोन्मुख क्षेत्रको तुलना गर्दा गाउँपालिका वडाहरुको सँख्या धेरै (३६८५) छ। तिनमा कुल जनसँख्या ३३ प्रतिशत मात्रै रहेको देखिन्छ।

प्रदेशगत विश्लेषण गर्दा संघीय संरचनामा सहरी र शहरोन्मुख जनसँख्या ६६.८ प्रतिशत को वितरण तुलनात्मक रुपमा असन्तुलित देखिएको छ। मधेश प्रदेशमा सबै भन्दा उच्च १९.९ प्रतिशत , बागमती प्रदेशमा १४.६ प्रतिशत र सबै भन्दा कम १.२ प्रतिशत कर्णाली प्रदेशमा शहरी र शहरोन्मुख जनसँख्या छ। शहरी जनसँख्याको सबै भन्दा बढी असन्तुलित तिरण मधेश प्रदेशमा छ। मधेश प्रदेशमा धेरैजसो बडाहरु (९७१)शहरोन्मुख विशेषताका छन्। बढी शहरी क्षेत्र भएको दोस्रो ठूलो प्रदेश बागमती हो। जबकि यहाँ ग्रामीण वडाको सँख्या ६७२ छ। भने कुल शहरोन्मुख र शहरी बडाहरु ४४९ छन्। कर्णाली प्रदेशमा ६३७ वडा ग्रामीण विशेषताका छन् भने ७५ वठा शहरोन्मुख विशेषताका छन्।

‘जनगणना ०६८ र ०७८ को तथ्याँककालािग ग्रामीण तथा सहरी क्षेत्रको श्रेणीगत वर्गीकरण विधिले तुलनायोग्य नतिजा देखाएको छ,’ प्रवक्ता रेग्मीले भने ‘यो विधि नीति निर्माता तथा आम उपयोगकर्ताहरुको अपेक्षासँग मेल खाने देखिएको छ।’ उनले थपे‘यसकासाथै नतिजाले स्थानीय वास्तविकतासँग तालमेल रहेको पनि देखिएको छ यो स्थलगत परिक्षणबाट पनि पुष्टि भएको छ।’

प्रकाशित: १७ पुस २०८० १४:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App