८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

अनधिकृत रुपमा विद्युत् प्रयोग गर्ने नौजना पक्राउ

सप्तरी –  नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले जिल्लाको विभिन्न ठाउँबाट अनधिकृत रुपमा विद्युत् प्रयोग गर्दै आएका नौजनालाई पक्राउ गरिएको जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय सप्तरी र प्राधिकरणको राजविराज वितरण केन्द्रको संयुक्त अनुगमन टोलीले जिल्लाको पश्चिमी र उत्तरी भेगमा विद्युत्को खम्बाबाट तार टाँगेर चोरी गर्ने नौजनालाई पक्राउ गरिएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए। 

पक्राउ पर्नेमा डाकोश्वरी नगरपालिका–९ बस्ने सुशीलकुमार मेहता, रामनारायण शर्मा, सुशीलकुमार यादव, रवि साह, वडा नं ३ बस्ने नन्द मण्डल, लीलाकान्त खड्का र सुरुङ्गा नगरपालिका–३ बस्ने दीपेन्द्र चौधरी, रामसुन्दर साह तथा रुपनी गाउँपालिका–१ बस्ने प्रिन्सकुमार इसर रहेका छन्। 

उनीहरुविरुद्ध विद्युत् ऐनअनुसार कारबाही हुने केन्द्रका प्रमुख साहले बताए। 

विद्यार्थीको अनशन स्थगित 

लालीगुराँस बाल क्लबका विद्यार्थीले शिक्षा क्षेत्रमा सुधारको माग गर्दै राजविराजमा शुरु गरेको अनशन सहमतिपछि स्थगन गरेको छ। 

राजविराज नगरपालिकाका नवनिर्वाचित प्रमुख शम्भुकुमार यादवले विद्यार्थीका जायज माग दुई÷तीन दिनभित्र सम्बोधन गर्ने आश्वासन दिएपछि बुधबार साँझदेखि अनशनलगायतका दबाबमूलक कार्यक्रम स्थगन गरिएको बालबालिका सञ्जाल सप्तरीका संयोजक सौरभ यादवले जनाकारी दिए। 

राजविराजस्थित गजेन्द्र चोकमा लालीगुराँस बाल क्लबका बालबालिकाले १४ सूत्रीय माग राख्दै बुधबार अनशन शुरु गरेका थिए। 

बालबालिकाले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्नुपर्ने, बन्द हडतालका बेला विद्यालयलाई बन्द गर्न नहुने, कक्षा १२ सम्मको रजिष्टे«शन फाराम, परीक्षा फाराम र प्राक्टिकल फाराम निःशुल्क उपलब्ध गराउनुपर्ने, सबै सामुदायिक विद्यालयमा समयमै पाठ्यपुस्तक उपलब्ध गराउनुपर्नेलगायतका माग अघि सारेका थिए। 

प्रकाशित: १९ आश्विन २०७४ १३:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App