९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

जुम्लाको तिला गाउँपालिकामा तालाबन्दी

फाइल तस्बिर

जुम्लाको तिला गाउँपालिकामा अनिश्चितकालीन तालाबन्दी गरिएको छ। १५ बुँदे माग राख्दै नेपाली काँग्रेस जुम्लाले आइतबार साँझदेखि तिला गाउँपालिकामा अनिश्चितकालीन तालाबन्दी गरेको हो।

तिला गाउँपालिकाले गरेका कुनै पनि निर्णय कार्यान्वयन नभएपछि तालाबन्दी गरिएको नेपाली कांग्रेस जुम्लाका सहसचिव धनेन्द्र बोहोराले जानकारी दिए।  

१५ बुँदे माग सम्बोधन नहुँदासम्म ताला नखोल्ने काँग्रेसले चेतावनी दिएको छ। तिला हाइड्रोको डीपीआर, आइए, इआइए रिपोर्ट र खर्च विवरण सार्वजनिक गर्न पटक पटक आग्रह गर्दा पनि सुनुवाई नभएपछि बाध्य भएर ताला लगाइएको सहसचिव बोहोराले जानकारी दिए।

प्रकाशित: २१ भाद्र २०७९ ०३:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App