२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

‘दाहाल अस्थिरताका नायक’

एमाले अध्यक्ष केपी शर्मा ओलीले सेयर बजारबारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हचुवाको भरमा टिप्पणी गरेको बताएका छन्।

एमाले दोस्रो केन्द्रीय कमिटी बैठकबाट केन्द्रीय सदस्यमा मनोनयन भएका ४४ जनालाई बुधबार ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा शपथ गराउने क्रममा ओलीले दाहालले क्रान्तिकारी भएर सेयर बजारबारे हचुवा टिप्पणी गरेको आरोप लगाएका हुन्।

दाहालले आफूलाई लेनिनभन्दा दुई कदमअघि देखाउन खोज्दा यस्तो अवस्था आएको ओलीले बताए। ‘प्रचण्ड(दाहाल) ले केही दिनअघि बडो क्रान्तिकारी भएर सेयर बजारलाई साम्राज्यवादीको विकसित रूप भनेछन्। उनी लेनिनभन्दा दुई स्टेप अघि बढ्न खोजे’,ओलीले भने,‘लेनिनले पुँजीवाद विकसित भएर साम्राज्यवाद हुन्छ भनेका थिए। तर दाहालले त सेयर बजारलाई साम्राज्यवादको विकसित रूप नै भनिदिएछन्।’

ओलीले लाखौं लगानीकर्ता भएको सेयर बजारबारे हचुवामा बोल्नु बेठीक भएको बताए। दाहालले मुलकमा सबैभन्दा बढी अस्थिर पात्र प्रचण्ड (दाहाल) भएको बताए। पूर्वराजा ज्ञानेन्द्र र दाहालका बीचमा पाँचबुँदे सहमति भएको दाबी गर्दै ओलीले दाहाललाई अस्थिरताको पात्र भएको आरोप लगाए। ‘के विषयमा सहमति भएको थियो,कि ज्ञानेन्द्रले भन्नुपर्‍यो,कि प्रचण्डले भन्नुपर्‍यो,कसका विरुद्ध सहमति भएको थियो,’ओलीले भने।

त्यो सहमतिपछि ज्ञानेन्द्रले रोल्पा,रुकुममा समेत अभिनन्दन कार्यक्रम गरेको ओलीले भने। ‘लोकतान्त्रिक शक्तिले रुकुम, रोल्पामा पाइलो टेक्न नसक्ने,नेताहरू जान नपाउने, त्यहाँ भएका नेता मारिने तर ज्ञानेन्द्र त्यहाँ जाने र उनको धुमधाम स्वागत हुने, यस्तो किन भयो’,ओलीले भने।

प्रकाशित: १ पुस २०७८ ००:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App