८ वैशाख २०८१ शनिबार
राजनीति

माधव नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला सुरु

तस्बिरः केशव ठोकर/नागरिक

नेकपा एमाले (माधव नेपाल) पक्षको राष्ट्रिय कार्यकर्ता भेला सुरु भएको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका गतिविधिको विरोध गर्दै आएको नेपाल पक्षको भेला ललितपुरको सानेपामा सुरु भएको हो।

भेलामा नेता नेपालसहित झलनाथ खनाल, भीम रावल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे लगतायका नेताहरु सहभागी छन्।

नेपाल पक्षले भने सर्वोच्च अदालतले दुई पार्टीबीचको एकतालाई मान्यता नदिएपछि एमाले पूर्ववत अवस्थामा फर्किएको र पार्टी सोही अनुसार चल्नुपर्ने माग राख्दै आएको छ। तर, ओलीले फागुन २८ गते आफू पक्षीय केन्द्रीय सदस्यहरुको बैठक बोलाएर पार्टी पदाधिकारीको जिम्मेवारी हेरफेर, पार्टीको विधान संशोधन र माओवादी केन्द्रबाट आएका २३ जना नेताहरुलाई केन्द्रय सदस्यमा मनोनयन गरेका थिए। साेही विषयलाई लिएर एमालेको विवाद चुलिएको छ।

प्रकाशित: ४ चैत्र २०७७ ०६:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App