१ वैशाख २०८२ सोमबार
image/svg+xml ०:६ पूर्वाह्न
राजनीति

आदर्श गौण र स्वार्थ हाबी हुँदै गयो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वार्थ हाबी हुने क्रम बढ्दै गएको बताएका छन्। सोमबार (आज) काठमाडौंमा आयोजित 'हिमालयन संवाद' कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

'अब आइडोलोजीका कुराहरू कमजोर भए, स्वार्थ हाबी भए। उपयुक्त आइडोलोजीलाई कमजोर बनाउनुहुन्न, सम्पूर्ण कुरा स्वार्थ मात्रै होइन, आदर्श पनि हो। तर, आदर्श भन्ने कुरा गौण हुने र स्वार्थ एकतर्फी रूपमा हाबी हुने क्रम बढ्यो,' उनले भने, 'स्वार्थ हाबी हुँदैन भन्ने होइन तर, त्यो राष्ट्रिय हुनुपर्‍यो।'

उनले सबैले आफ्नो लाभ हेर्ने क्रम बढेको पनि बताए। 'सबैले आफ्नो लाभ हेर्ने, त्यसमा पनि सानाले अस्तित्वको रक्षा खोज्ने, ठूलाले आफ्नो वर्चस्व खोज्ने, लाभ खोज्ने खालको स्थिति छ,' उनले भने।

यस्तोमा अलमलिनुपर्ने कुरै नभएको प्रधानमन्त्री ओलीले भने। 'यस्तोमा देशको सुरक्षा, सार्वभौमसत्ता, स्वाधीनता, स्वतन्त्र, स्वाभिमानको रक्षा गर्दै अगाडि बढ्नुपर्ने छ। यो पुर्पुरोमा हात राखेर सोच्नुपर्ने कुरै छैन। राष्ट्रिय हित गर्दै अगाडि बढ्ने हो,' उनले भने।

प्रकाशित: २५ चैत्र २०८१ १४:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App