नेकपा (माओवादी केन्द्र) का नेताहरु नेपालगञ्ज पुगेका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षहरू अग्नि सापकोटा, पम्फा भुसाल, नेता कृष्णबहादुर महरासहितका नेताहरु बुधबार नेपालगञ्ज पुगेका हुन् ।
उनीहरुले अखिल नेपाल महिला संघ क्रान्तिकारी लुम्बिनी प्रदेशको दोस्रो सम्मेलनको उद्घाटन गर्नुका साथै सहभागी हुने कार्यक्रम रहेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
अध्यक्ष दाहालसहितका नेताहरु बिहीबार र शुक्रबार जनतासँग माओवादी तराई मधेस जागरण अभियान अन्तर्गतका बाँके र बर्दियामा हुने कार्यक्रममा सहभागी हुनेछन् ।
प्रकाशित: २० चैत्र २०८१ १३:२० बुधबार