१ वैशाख २०८२ सोमबार
image/svg+xml १५:९ अपराह्न
राजनीति

लोसपाको मधेस प्रदेश संसदीय दलको नेतामा जयनुल राईन

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले मधेस प्रदेशको संसदीय दलको नेतामा जयनुल राईन चयन भएका छन्। पार्टी अध्यक्ष महन्त ठाकुरले राईनलाई संसदीय दलको नेताको जिम्मेवारी दिएका हुन् । करिब १५ महिनादेखि लोसपामा संसदीय दलको नेता रिक्त रहेको थियो ।

पार्टी अध्यक्ष ठाकुरको हस्ताक्षरसहितको पत्र लिएर लोसपाका नेताहरुले सोमबार प्रदेशका सभामुख रामचन्द्र मण्डललाई जानकारी गराएका छन् । यसअघि दलका नेता रहेका अभिराम शर्मालाई महोत्तरी जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरेपछि प्रदेश सभाले उनलाई पदबाट बर्खास्त गरेको थियो।

अध्यक्ष ठाकुरले प्रदेशसभामा पठाएको पत्रमा अर्को व्यवस्था नभएसम्मका लागि राईनलाई दलको नेता मनोनयन गरिएको उल्लेख गरिएको छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको अन्तरिम विधान प्रथम संशोधित अनुसार मधेस प्रदेशमा संसदीय दलको नेतामा प्रदेशसभा सदस्य जयनुल राईनलाई अर्को व्यवस्था नहुनन्जेसम्म मनोनयन गरिएको ब्यहोरा जानकारी साथ अनुरोध गरिएको ठाकुरले पठाएको पत्रमा उल्लेख गरिएको छ ।

राईन महोत्तरी निर्वाचन क्षेत्र नम्बर दुईको ‘ख’ बाट दोस्रो पटक प्रदेशसभामा निर्वाचित सांसद हुन् । यसअघिका दलका नेता पनि महोत्तरीकै निर्वाचन क्षेत्र ३ को ‘क’ बाट दोस्रो पटक निर्वाचित भएका थिए । 

प्रकाशित: २५ चैत्र २०८१ १७:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App