१५ चैत्र २०८१ शुक्रबार
image/svg+xml २०:३५ अपराह्न
राजनीति

‘ओली, प्रचण्ड, देउवा कान खोलेर सुन, यो सङ्कट यसै जानेवाला छैन’

नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले राजा र राजावादीका सक्रियतालाई 'सङ्कट'का रूपमा व्याख्या गरेका छन्।

शनिबार (आज) बुटवलमा आयोजित पार्टीको रुपन्देही जिल्ला कमिटीको दशौं अधिवेशनलाई सम्बोधन गर्दै उनले यो सङ्कट यतिकै नजाने बताएका छन्।

'ओली, प्रचण्ड, देउवा कान खोलेर सुन, यो संकट यसै जानेवाला छैन। रोजगारी र सुशासन कायम गर्ने ग्यारेन्टी गर्ने अजेन्डामा आउनुस्,' उनले भने।

महासचिव भुसालले १० वर्षमा रोजगारी सृजना गरी राष्ट्रिय पुँजीको विकास गर्ने र मुलुकमा भ्रष्टाचार नगर्ने गरी सर्वदलीय सम्मेलनको प्रस्ताव पनि गरे।

तर, अहिले यी तीनै नेताले नसुन्ने र अराजनीतिक मान्छेहरूले लखेट्न थालेपछि बल्ल बुझ्ने भुसालको भनाइ थियो । ‘यिनीहरूले अहिले सुन्दैनन्, दम्भ, घमण्डले सुन्दैनन् । जब अराजनीतिक मान्छेहरूले लखेट्न थाल्छन् बल्ल बुझ्छन्,’ उनले भने।

प्रकाशित: ९ चैत्र २०८१ १९:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App