१९ चैत्र २०८१ मंगलबार
image/svg+xml ९:४३ पूर्वाह्न
समाज

दुर्गा प्रसाईं सम्पर्कविहीन, खोजी तीव्र

फाइल तस्बिर: नागरिक

दुर्गा प्रसाईं सम्पर्कविहीन भएका छन्।

उनलाई पक्राउ गर्न भक्तपुरस्थित घरमा खोजी गर्दा प्रहरीले फेला पार्न सकेन। उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली उनको खोजीमा जुटिरहेको छ।

प्रहरी अधिकारीहरूका अनुसार प्रसाईंको खोजी तीव्र बनाइएको छ। उनको नेतृत्वमा प्रदर्शनमा उत्रिएका राजावादी प्रदर्शनकारीहरूले तीनकुनेमा अराजकता मच्चाएका थिए।

प्रकाशित: १५ चैत्र २०८१ २०:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App