राप्रपा नेपालका अध्यक्ष कमल थापाले आजको राजावादी आन्दोलनका क्रममा भएका अप्रिय घटनाहरू खेदजनक रहेको बताएका छन्।
'भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति तथा हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाको निम्ति आज काठमाडौंमा भएको प्रदर्शनको क्रममा सरकारले गरेको दमनको राप्रपा नेपाल भत्सर्ना गर्दछ। प्रदर्शनको क्रममा भएका अप्रिय घटनाहरू खेदजनक छ,' थापाले भनेका छन्।
उनले राजावादीहरूको तीनकुनेको मञ्चमा कार्यक्रम सुरु हुनुअगावै अश्रुग्यास हानिएपछि अवस्था बिग्रिएको पनि बताएका छन्। 'तीनकुनेमा निजी घरमा पसेर प्रहरीले जुलुसमा र सभा सुरु हुनु अगावै मञ्चमा अश्रुग्यास प्रहार गरेपछि परिस्थिति अराजक हुनपुगेको हो,' उनले भनेका छन्।
उनले एकीकृत समाजवादीको कार्यालयमा भएको तोडफोडको निन्दा गरेका छन्।
प्रकाशित: १५ चैत्र २०८१ २०:२१ शुक्रबार