३ चैत्र २०८१ आइतबार
image/svg+xml २२:० अपराह्न
राजनीति

बाबुरामको प्रस्ताव- पार्टी नेतृत्व तेस्रो पुस्तालाई दिउँ

नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी नेतृत्व तेस्रो पुस्तालाई दिन प्रस्ताव गरेका छन्।

आइतबार सुरु भएको पार्टीको पहिलो महाधिवेशनको क्रममा भट्टराईले यस्तो प्रस्ताव अगाडि सारेका हुन्। 

यो पनि पढ्नुहोस्

नयाँ शक्ति कसरी अगाडि बढ्छ ? यस्ता छन् नेत्र चापागाईंका प्रस्ताव

नेता कृष्ण शर्माका अनुसार भट्टराईले आफू वैचारिक भूमिकामा मात्रै रहन चाहेको बताएका छन्। 'तेस्रो पुस्ताका साथीहरूले सल्लाह गरेर टिम बनाउनुस्। म वैचारिक भूमिकामा रहन्छु,' भट्टराई उद्धृत गर्दै शर्माले भने।

भट्टराईले सचिवालय बैठकमा पनि यही प्रस्ताव अगाडि सारेका छन्। शर्मा भने अहिलेका लागि भट्टराईको विकल्प देख्दैनन्। उनले भट्टराईलाई नै दोहोरिन भनेर आफूहरूले सल्लाह दिएको बताए।

यता तेस्रो पुस्ताका नेता नेत्र चापागाईंलगायतले नेतृत्वमा दाबी गरिरहेका छन्। चापागाईंले व्यक्तिगत प्रस्तावसमेत अगाडि सारिसकेका छन्। उम्मेदवारी घोषणा गरेर अगाडि बढेका उनले नेता तथा महाधिवेशन प्रतिनिधिहरूसँग पनि भोट मागिरहेका छन्।

यो पनि पढ्नुहोस्

नेसपामा ७० वर्षीय बाबुरामलाई चुनौती दिँदै ३५ वर्षीय नेत्र

प्रकाशित: २८ माघ २०८१ १५:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App