२३ फाल्गुन २०८१ शुक्रबार
image/svg+xml २०:२ अपराह्न
राजनीति

नेसपामा ७० वर्षीय बाबुरामलाई चुनौती दिँदै ३५ वर्षीय नेत्र

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को पहिलो महाधिवेशन आगामी माघ २७२८ र २९ गते काठमाडौंमा हुँदैछ। महाधिवेशन नजिकिँदै गर्दा नेताहरूले विभिन्न पदहरूमा आकाङ्क्षा देखाउन थालेका छन्।

नेसपाले अध्यक्षपाँच उपाध्यक्षमहासचिवतीन सचिव र कोषाध्यक्ष गरी ११ पदाधिकारी चुन्दैछ।

यसैबीच युवा नेता नेत्र चापागाईंले केन्द्रीय अध्यक्षमा उम्मेदवारी दिने भएका छन्। पार्टीको विद्यार्थी संगठन नेपाल समाजवादी विद्यार्थी युनियनको नेतृत्व गरिसकेका नेत्रले उम्मेदवारी दिनका लागि तयारी गरिरहेका छन्। 

अध्यक्षका लागि उम्मेदवारी दिने होत्यसका लागि तयारी गरिरहेको छु,’ नेत्रले नागरिकसँग भने।

नेसपा महाधिवेशनमा १५ सय जना प्रतिनिधि सहभागी हुँदैछन्। त्यसमध्ये आधाभन्दा धेरैसँग आफूले सम्पर्क गरिसकेको भनाइ नेत्रको छ। मैले धेरैजसो महाधिवेशन प्रतिनिधिसँग सम्पर्क गरिसकेको छु,’ उनले भने, ‘मेरो उम्मेदवारीबारे  जानकारी गराउने काम गरिरहेको छु। उहाँहरूले पनि हौसला दिनुभएको छ।’ 

नेत्रले सशक्त दाबी प्रस्तुत गरिरहँदा पार्टीका अरु नेता भने पार्टी अध्यक्षमा डा. बाबुराम भट्टराईको विकल्प देख्दैनन्। प्रवक्तासमेत रहेका नेता कृष्ण शर्मा भन्छन्, ‘जसको नीतिउसकै नेतृत्वको मर्मअनुसार अगाडि बढ्छौँ। अहिलेका लागि पार्टीमा डा. बाबुराम भट्टराईको विकल्प तयार भइसकेको छैन।’ 

बाबुराम भट्टराई र नेत्र चापागाईं।

अर्का एक नेता त आफू डा. बाबुराम भट्टराईलाई मात्रै नेता मान्ने बताउँछन्। डा. बाबुराम भट्टराई भएकैले धेरै नेताहरू पार्टीमा हुनुहुन्छ,’ ती नेताले भने, ‘पार्टीमा अरु कोही अध्यक्ष भएर आयो भने यो पार्टी रहला र ?’ 

तरनेत्र भने अध्यक्ष भट्टराईकै अर्थ्याइअनुरूप आफूले अध्यक्षको उम्मेदवारी दिने ढिपी कसेका छन्। भट्टराईले वैकल्पिक राजनीतिको नेतृत्व युवाबाट नै सहज रूपमा हुने बताउँदै आएको उल्लेख गर्दै उनले भने,  ‘पार्टीका सबै पदाधिकारी निर्वाचनबाट आउनुपर्छ भन्ने हाम्रो नीति नै हो। यहीअनुरूप मैले पनि अध्यक्षमा उम्मेदवारी दिन्छु।

आफूले यसबारे भट्टराईसँग सल्लाह भने नगरेको उनले बताए। सल्लाहमा त होइन। तरचुनौती दिएको पनि होइन। अब राजनीतिमा युवा आउनुपर्छ भन्ने उहाँकै भाषा हो। म यहीअनुरूप अगाडि बढ्ने हो,’ उनले भने। 

३५ को नेत्र, ७० को बाबुराम

उमेरका हिसाबले बाबुराम नेत्रभन्दा दोब्बरका हुन्। विसं २०११ सालमा जन्मिएका बाबुराम २०८१ सम्म आउँदा ७० वर्ष पुगे। नेत्र भने भर्खर ३५ वर्ष पुगेका छन्।

उनी शिक्षा अभियन्तासमेत हुन्। गत पुसमा १५ बुँदे मागसहित उनी काठमाडौंको माइतीघरमा नौ दिन उभिएका थिए। विद्यार्थी आन्दोलनका फ्रन्टलाइनर’ उनी अब भने पार्टी नै हाँक्न चाहन्छन्।

१५ बुँदे मागसहित माइतीघरमा उभिएका नेत्र।

बाबुराम भने धेरै पार्टीको नेतृत्व गर्दै आएका नेता हुन्। माओवादी जनयुद्धको प्रमुखमध्येका एक नेता उनले शान्ति प्रक्रियापछि भने मार्क्सवाद नै त्यागेर नयाँ शक्ति नामक दल गठन गरे।

वैकल्पिक राजनीतिको रटान लगाउँदै स्थापना भएको नयाँ शक्ति पछि विभिन्न पार्टीहरूसँग एकता गर्दै बिलाइगयो। पछि रहलपहल नेताहरूको सहभागितामा नेपाल समाजवादी पार्टी नेसपा बन्यो। फेरि अहिले आएर नेसपाभन्दा पनि नयाँ शक्ति नै भन्नुपर्ने निष्कर्षका साथ कोष्ठको नयाँ शक्ति बन्न पुगेको छ। 

पार्टीभित्र एक हदसम्म पार्टी नेतृत्व युवालाई दिनुपर्ने मागसमेत उठेको छ। पार्टीभित्र अर्को एउटा जमात छ, जुन जमात भट्टराईको विकल्प देख्दैन। यस्तो अवस्थामा हप्ता दिनपछि हुने महाधिवेशनले के गर्छ हेर्न बाँकी छ। ७० कै बाबुराम बेस ठान्छ कि ३५ को नेत्र, महाधिवेशनसम्म कुर्नैपर्ला।

प्रकाशित: १९ माघ २०८१ २०:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App