२८ चैत्र २०८१ बिहीबार
image/svg+xml ८:३० पूर्वाह्न
राजनीति

प्रतिनिधि सभाको बैठक सकियो, अर्को २४ गते

शुक्रबार (आज)को प्रतिनिधिसभा बैठक सकिएको छ। दिउँसो १ बजे सुरु भएको बैठक ५ घण्टा बसेर सकिएको हो।

अब अर्को बैठक आउँदो माघ २४ गते बस्ने जानकारी सभामुख देवराज घिमिरेले सभामै गराएका छन्।

आजको बैठकमा दलगत रूपमा सांसदहरूले धारणा राखेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आकस्मिक समयको माग गरेको थियो तर, त्यो कार्यक्रम नै नरहेको सभामुख घिमिरेले जानकारी गराएपछि उसले १५ मिनेटका लागि सदन बहिष्कारसमेत गरेको थियो।

रास्वपा बाहिरिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सदन सम्बोधन गरेका थिए। त्यसैबीचमा रास्वपा सांसदहरू भित्रिए र दलगत रूपमा उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेले बोलेका थिए।

दलगत रूपमा बोल्ने क्रम सकिएपछि सभामा ६ वटा अध्यादेशसमेत पेस भएका छन्।

प्रकाशित: १८ माघ २०८१ १८:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App