१२ असार २०८१ बुधबार
image/svg+xml

विनियोजन विधेयक, २०८१ प्रतिनिधि सभाबाट बहुमतले पारित

मंगलवार अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रश्ताव प्रस्तुत गरेका थिए। सो प्रस्तावलाई संसदका बहुमत सांसदहरुले सहमति जनाएका हुन्।

संसद बैठक आज पनि बस्दै, विनियोजन विधेयकमाथिको छलफल जारी रहने

आजको बैठकमा पनि विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ।

भ्रष्टाचारविरुद्ध अझ निर्मम बन्न सरकारलाई सांसद गैरेको आग्रह

नेकपा एमालेका सांसद ठाकुर प्रसार गैरेले भ्रष्टाचारविरुद्ध अझ निर्मम बन्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

तराई/मधेसका जिल्लामा शान्ति सुरक्षा बिग्रियो: सांसद थपलिया

नेकपा एमालेकी सांसद सम्झना थपलियाले सिरहा लगायतका तराई÷मधेसका जिल्लाहरूमा शान्ति सुरक्षाको अवस्था बिग्रिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन्।

आन्दोलनरत कर्मचारी र कानून मन्त्रीको नेतृत्वमा गठित समितिबीच छलफल जारी

सङ्घीय संसद सचिवालयमा आन्दोलनरत कर्मचारी र कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको नेतृत्व टोलीबीच छलफल जारी छ।

संसद बैठक बस्दै, आजपनि सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ दिने

आजको बैठकमा पनि विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ।

संसद सचिवालयका कर्मचारीहरूको माग पूरा गर्न सरकारलाई आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले सङ्घीय संसद सचिवालयका कर्मचारीहरूको न्यायोचित माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेकी छिन्।

कर्मचारीको आन्दोलनले प्रतिनिधिसभा बैठक प्रभावित

प्रतिनिधि सभाको बैठक प्रभावित भएको छ। संघीय संसद् सचिवालयका कर्मचारीको लगातारको आन्दोलनका कारण बिहान ११ बजेका लागि बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन ।

द्वन्द्वकालीन यौनजन्य हिंसा दर्ताको माग

दसवर्षे सशस्त्र द्वन्द्वका बेला भएका यौनजन्य हिंसाका पीडितले घटनाको प्रभावकारी अनुसन्धानसहित जघन्य अपराध गर्नेहरूलाई जिम्मेवार बनाउन माग गरेका छन्।

संसदका आगामी सबै बैठकमा उपस्थित हुन सांसदलाई कांग्रेसको निर्देशन

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको आगामी सबै बैठकमा अनिवार्य उपस्थिति हुन आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ।

शून्य समयमा सांसदहरू: समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

संसद सचिवालयका कर्मचारी र दूधको भुक्तानी माग्ने किसानहरूको माग सम्बोधन गर्न सरकारसँग सांसदहरूले माग गरेका छन्।

संसद बैठक बस्दै, आज प्रधानमन्त्रीले जवाफ दिने

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ।

खेलकुद मन्त्रीलाई सांसदहरुको ढाडस: राजीनामा होइन बजेट माग्नुस्

बजेटको छलफलमा सहभागी भएका सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले खेलकुद क्षेत्रमा सरकारले छुट्याएको बजेटको आलोचना गरे भने युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठलाई बजेट अझै बढी ल्याउनतर्फ लाग्न आग्रह गरे।

प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । बैठकमा जारी विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकहरुमाथि जारी मन्त्रालयगत छलफलमा सांसदहरुले आफ्ना धारणा व्यक्त गर्ने क्रम समाप्त भएको छ ।

युवा पुस्तामा निराशा मात्रै छाएको छ: चित्र बहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले युवा पुस्तामा निराशा छाएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्