२९ असार २०८३ सोमबार
image/svg+xml

नागरिकको मुख थुनेर अधिनायकवाद लाद्ने प्रयास हुँदैछ: गगन थापा

थापाले राज्य नागरिकको अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्नतर्फ उन्मुख भएको बताए।

रहस्यमय गाडी पार्किङ-विनाशकाले विपरीत बुद्धि: शंकर पोखरेल

शंकर पोखरेलले सञ्चार प्रतिष्ठानको प्रवेशमार्ग अवरुद्ध हुने गरी रहस्यमय ढंगले गाडी पार्किङ गरिएको घटनाप्रति टिप्पणी गर्दै यसलाई सञ्चार माध्यम र समाजलाई भयभित बनाउने बचकना प्रयास भएको बताएका छन् ।

विश्वकप नसकिँदै 'पोकर'मा देखिए नेयमार

२०२६ को विश्वकपबाट ब्राजिल चाँडै बाहिरिएपछि नेयमारले वर्ल्ड सिरिज अफ पोकर प्रतियोगितामा भाग लिएका छन्।

विष्णु पौडेललाई अझै तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दाको अनुसन्धानका लागि पाँचौँ पटक हिरासत म्याद थप गरिएको छ।

नेपालमा सार्वजनिक भयो सामसङ ग्यालेक्सी ए२७, किस्तामा खरिद गर्न सकिने

सामसङ नेपालका एमएक्स बिजनेसका वरिष्ठ निर्देशक प्रणय रत्न स्थापितले ग्यालेक्सी A सिरिजमार्फत अत्याधुनिक एआई प्रविधिलाई धेरैभन्दा धेरै प्रयोगकर्तासम्म पुर्‍याउने लक्ष्य रहेको बताए।

कोशी प्रदेशमा आमसञ्चार प्रतिष्ठान गठन

कोशी प्रदेशमा आमसञ्चार प्रतिष्ठान गठन गरिएको छ । कोशी प्रदेश सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकबाट आमसञ्चार प्रतिष्ठान गठनको निर्णय गरेको हो ।

साझा बसको रङ हरियो नै रहने

बसको रङ परिवर्तन गर्ने विषयमा विभिन्न चर्चा भए पनि कम्पनीले हाललाई विद्यमान हरियो पहिचानलाई निरन्तरता दिने निर्णय गरेको जनाएको छ।

दूरसञ्चार प्राधिकरणमा घिमिरे र प्रेस काउन्सिलमा श्रेष्ठ नियुक्त

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त भएका छन् ।

सञ्चारगृहअगाडि शंकास्पद सवारी पार्किङ: सुरक्षा जोखिम नभेटिए पनि उद्देश्यबारे अनुसन्धान जारी

घटनामा प्रयोग भएका सबै सवारीका धनी तथा चालकसँग सोधपुछ भइरहेको र उनीहरूको गतिविधिसमेत विश्लेषण भइरहेको प्रहरीले जनाएको छ।

सुदूरपश्चिम प्रदेश : एमालेलाई सरकार छोड्न दबाब

बजेटको विवाद चर्किएपछि सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमालेलाई बाहिरिन पार्टी पङ्क्तिभित्र अधिकांश कार्यकर्ताले दबाब बढाएका छन्।

एक्यापले भन्योः ‘अन्नपूर्ण क्षेत्रको पदयात्रामा सचेत रहनु’

पदयात्राको सिजन नभएपनि यतिबेला अन्नपूर्ण क्षेत्रको घान्द्रुक, घोरेपानी, छोमरोङ, अन्नपूर्ण आधारशिविर (एबिसी)सम्म स्वदेशी र विदेशी पाहुना पदयात्राका लागि गएका छन्। तर, आइतबारको भीषण वर्षा र त्यसले निम्त्याएको बाढीका कारण पदयात्रा क्षेत्रमा त्रास छाएको छ। पदयात्राका लागि माथिल्लो भेग पुगिसकेका पर्यटकलाई पदयात्रामा सचेत रहन सरोकारवालाले अनुरोध पनि गरेका छन्।

राम मन्दिर चोरी प्रकरणको अभिव्यक्तिले अनुपम खेर विवादमा

चोरी तथा आर्थिक अनियमितताबारे दिएको अभिव्यक्तिका कारण सामाजिक सञ्जालमा आलोचनाको सामना गरिरहेका छन्।

आगामी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिन्छु : ज्ञानेन्द्र शाही

उनले राप्रपाको आगामी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्