७ फाल्गुन २०८१ बुधबार
image/svg+xml १९:४५ अपराह्न
राजनीति

एमालेको कटाक्ष: टिकटक बन्द गर्ने दल सामाजिक सञ्जाल दर्ता गरौँ भन्दा तानाशाह भन्छ

नेकपा एमालेका कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले सरकारले सामाजिक सञ्जाललाई मर्यादित बनाउन सामाजिक सञ्जाल विधेयक ल्याइएको बताएका छन्। प्रेस चौतारी ललितपुरको जिल्ला अधिवेशन समारोहलाई सम्बोधन गर्दै ज्ञवालीले एमाले सदैव प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको दाबी गर्दै विधेयकप्रति उठेका सवालमा संवेदनशील रहेको बताएका हुन्। 

‘सरकारले राष्ट्रिय सामाजिक सञ्जाललाई नियमन गर्न विधेयक पेस गरेको छ। यो विधेयक हो, सार्वभौम संसदमा आएको छ,’ ज्ञवालीले भने, ‘पर्याप्त छलफलपछि ऐनको रूप लिनेछ । विधेयक पेस गर्दैमा वायसको धारणा बनाउनुपर्ने जरुरी छैन ।’ विधेयकमा कहाँकहाँ संशोधन गर्नुपर्ने हो एमाले तयार रहेको पनि उनले बताए। 

‘हिजो एउटा दल थियो,जसको पालामा प्लेटफर्म नै बन्द भयो। टिकटक बन्द गर्ने दलले अहिले त्यस्ता प्लेटफर्म दर्ता गरौँ र नियमसम्मत ल्याऔँ भन्दा तानाशाहीको आरोप लाउँछ,’ ज्ञवालीले भने। यस्तो खालको डबल स्ट्यान्डर्ड स्वीकार्य नहुने उनले बताए। 

प्रकाशित: १७ माघ २०८१ १४:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App