नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठोरले नेताहरू गम्भीर र जिम्मेवार हुनुपर्ने बताएका छन्।
उनले सबै नेता पार्टीका र पार्टी देश र जनताका सम्पत्ति भएको जिकिर गर्दै यस्तो बताएका हुन्। राठोरले एउटा नेता बनाउन स्वयं नेता बन्नेले मात्र नभइ देश, जनता र पार्टीले ठूलो योगदान गरेका उल्लेख गरेकाम छन्।
'सबै नेता पार्टीका र पार्टी देश र जनताका सम्पत्ति हुन्। एउटा नेता बनाउन स्वयं नेता बन्नेले मात्र होइन देश, जनता र पार्टीले ठूलो योगदान गरेका हुन्छन्,' उनी सामाजिक सञ्जालमा लेख्छन्, 'त्यसैले नेताहरू गम्भीर र जिम्मेवार हुनुपर्छ, लहडे होइन।'
प्रकाशित: २ माघ २०८२ १०:३७ शुक्रबार





