कालीकाेटकाे पलाँता गाउँपालिका-३ स्थित भकार लेखमा रहेको भेडा गोठमा आगलागी हुँदा स्थानीय कृष्णलाल रोकायाका ४५ वटा भेडा, पाठा जलेर नष्ट भएका छन्।
बिहीबार राति ८ बजे गोठमा आगलागी हुँदा ५५ मध्ये ४५ भेडा, पाठा जलेर मरेको पलाँता गाउँपालिका अध्यक्ष विष्णुबहादुर रोकायाले जानकारी दिए।
लेखमा रहेको उक्त गोठमा खाना पकाउने बेला अचानक आगलागी हुँदा गोठमा रहेका ४५ वटा भेडा, अन्नपात, लत्ताकपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
अन्य विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कालीकाेट जनाएको छ।
प्रकाशित: २ माघ २०८२ १०:२२ शुक्रबार





