नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले निर्वाचन आयोगविरुद्ध दायर रिट यथावत रहेको बताएका छन् ।
खड्काले सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भएको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमा प्रष्टीकरण दिँदै भनेका छन्, ‘केही संचार माध्यममा आएका गलत समाचार बारे स्पष्ट होस् ।’
उनले असत्य सूचनाको पछि नलाग्न पनि अपिल गरेका छन् । खड्काले लेखेका छन्, ‘२०८२ माघ २ गते नेपाली कांग्रेस पार्टीका सम्बन्धमा निर्वाचन आयोगले गरेको अबैधानिक निर्णयका विरुद्धमा २०८२ माघ ४ गते सर्वोच्च अदालतमा हामीले न्याय प्राप्तिको लागि दर्ता गरेको रिट फिर्ता हुने भन्ने समाचार पूर्ण रुपमा असत्य भएको म स्पष्ट पार्न चाहान्छु ।’
प्रकाशित: ५ माघ २०८२ २०:२३ सोमबार





