यहाँका दुई हजार ३०२ जना किशोरीले पाठेघरको मुखको क्यासरविरुद्वको (एचपिभी) खोप लगाएका छन्। अघिल्लो वर्षबाट दिन थालिएको उक्त खोप यस वर्ष कक्षा ६ देखि १० सम्म अध्ययनरत र विद्यालय बाहिरका किशोरीले खोप लगाएका हुन्।
यस वर्ष जिल्लाभर दुई हजार ३१३ जना किशोरीलाई एचपिभी खोप दिने लक्ष्य रहेको प्रदेश जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी देवप्रकाश घिमिरेले जानकारी दिए। उनका अनुसार बागलुङ नगरपालिकाका ५५६, गलकोटका २६८, जैमिनीका १५८, ढोरपाटन नगरपालिकाका ४१९ जना किशोरीले खोप लगाएका छन्।
त्यस्तै काठेखोला गाउँपालिकाका १३५, तमानखोलाका १०१, ताराखोलाका ५५, निसीखोलाका २३५, बडिगाडका ३०९ र बरेङ गाउँपालिकाका ७३ जना किशोरीले एचपिभी खोप लगाएका घिमिरेले बताए।
विद्यालय जाने दुई हजार २७१ र विद्यालय नजाने १४ र छुटेका १७ जना किशोरीले यसपटक खोप लगाएको उनको भनाइ छ। गत वर्ष ११ हजार १७७ किशोरीले एचपिभी खोप लगाएका थिए। तोकिएको उमेर समूहका किशोरीलाई खोप लगाउनबाट नछुटाउनका लागि फागुनभित्र विद्यालय र घरघरसम्म पुग्न स्वास्थ्यकर्मी खटाइएको उनले बताए।
प्रकाशित: १९ फाल्गुन २०८२ ०८:२९ मंगलबार





