बसको ठक्करबाट महेन्द्रनगरमा एक जना पैदलयात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र थापाका अनुसार बसको ठक्करबाट एक जना पुरुष पैदलयात्रीको मृत्यु भएको हो।
बसको ठक्करबाट परिचय नखुलेका एक पुरुष गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पतालमा लैजाँदा मृत्यु भएको प्रहरी निरीक्षक थापाले जानकारी दिए। घटनामा संलग्न बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। रासस
प्रकाशित: २ माघ २०८२ १०:४८ शुक्रबार





