४ माघ २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

इलामेली सर्जकहरू सम्मानित

इलाम विकास समाजले माघे स‌ंक्रान्तिकाे अवसर पारेर आयाेजित कार्यक्रममा इलामेली सर्जकहरूलाई सम्मान गरेकाे छ।

चलचित्र निर्देशक एवं वरिष्ठ साहित्यकार लक्ष्मीनाथ शर्मा, वरिष्ठ पत्रकार धर्म गौतम, गायिका एवं कलाकार कविता आले, वरिष्ठ धावक बुद्धवीर लामा, वरिष्ठ चलचित्र निर्देशक सुचित्रा श्रेष्ठ, वरिष्ठ कलाकार राजु पिठाकोठे र वरिष्ठ  संङ्गीतकार सूर्य थुलुङ सम्मानित भएका छन्।

सोही कार्यक्रममा समाजले २०८२ साउन १० गते सम्मान कार्यक्रममा अनुपस्थित सांसद सुहाङ नेम्बाङ र पूर्व डिआइजी पिताम्बर अधिकारीलाई पनि सम्मान गरेकाे छ।

उक्त सम्मान इलाम विकास समाजका अध्यक्ष राधेश्याम लेकाली, सांसद महेश बस्नेत, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, पूर्व सचिव खेमराज नेपाल, समालोचक प्रा. धरणीप्रसाद गौतम, इलाम नगरपालिकाकी उपमेयर विष्णु दाहाल, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु निष्ठुरी लगायतले सम्मान गरेका हुन्।

कार्यक्रममा गायक यम बराल, गणेश पराजुली, यशोदा पराजुली, बलराम समाल, डेनी निरौला, कविता आले, सुलोचना श्रेष्ठ लगायतका कलाकारले सांगीतिक साे प्रस्तुत गरेका थिए।

कार्यक्रममा समाजका अध्यक्ष राधेश्याम लेकाली, सम्मानित व्यक्तित्वहरू लक्ष्मीनाथ शर्मा र कविता आले लगायतले मन्तव्य राखेका थिए।

काठमाडौंमा बसेका इलामेलीले माघे स‌क्रान्ति पर्व मनाउँदै आयाेजना गरेकाे कार्यक्रमकाे सहजीकरण इलाम विकास समाजका सचिव अर्जुन भट्टराईले गरेका थिए।

योग दिवस पनि परेकाले समाजकी सदस्य तथा योग प्रशिक्षण नुनिता लुइँटेलले सहभागीहरूलाई योगाभ्यास पनि गराएकी थिइन्।

काठमाडौंस्थित अनामनगरकाे शिव मन्दिरमा आयोजना गरेको कार्यक्रममा सहभागीले इलाम झल्काउने परिकार सेलरोटी, तरुल तथा चाकुको स्वाद ग्रहण गरेका थिए।

कार्यक्रमस्थलमा इलाममा उत्पादन भएको चिया, ललिपप, घ्यू तथा मह प्रदर्शनीका रूपमा राखिएको थियो। कार्यक्रममा देवेन्द्रले इलामेली उत्पादन इलामकै  दाममा उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए।

प्रकाशित: ३ माघ २०८२ १०:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App