१५ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेस जुम्लाले सुरु गर्‍यो, सय दिने अभियानः ‘सदस्यता घर-आँगन’

अभियान छलफल तस्बिर स्संगठन प्रमुख महेन्द्र कार्की जुम्ला। तस्बिर : गोल्डेन बुढा/नागरिक

नेपाली कांग्रेस जुम्लाले पार्टी ‘सय दिने विशेष अभियान’ थालेको छ।  

अभियान अन्तर्गत जिल्लामा विभिन्न गतिविधि सञ्चालन गर्ने निर्णय गरेको जिल्ला सदस्य तथा भ्रातृ तथा सुभेच्छु संगठन प्रमुख महेन्द्र कार्कीले बताए। उनका अनुसार पाटी सुदृढीकरणका लागि थालिएको अभियानले पार्टीका आन्तरिक विकृति हटाउन र एक्लै चुनाव लड्ने शक्तिको निर्माण गर्न पनि सय दिने अभियान थालिएको हो।  

सय दिनको अभियानमा जुम्लाका विभिन्न गाउँपालिका, वडासम्म पुगेर पार्टीको गतिविधिका विषयमा छलफल गरिने कांग्रेसले जनाएको छ। अभियानमा पार्टीका नीति, कार्यक्रम, चुनावी तयारीलगायतबारे स्थानीय नेता कार्यकर्तासँग छलफल हुने गरेको छ। उनले भने, 'पार्टी संगठन निर्माणको लागि नेपाली कांग्रेस जुम्लाले ८ वटै स्थानीय तहका ६० वटै वडामा नेता/कार्यकर्ता खटेका हुन्।'

जिल्ला प्रतिनिधिको रुपमा खटिने विभिन्न तहका नेता कार्यकर्ताले कार्य सम्पन्न पश्चात प्रतिवेदन समेत पेश गर्ने छन्। अभियानअन्तर्गत जिल्ला समितिले ‘सदस्यता घर/आँगन’ कार्यक्रमलाई प्राथमिकता दिएको जनाएको छ।

अभियानका क्रममा मृत्यु, राजीनामा, विदेश, पार्टी परित्यागका कारण रिक्त रहेको सभापतिबाहेकको पदमा केन्द्र र जिल्लाको परिपत्रअनुसार पदपूर्तिको व्यवस्था गरिने जनाइएको छ।पार्टी विधानबमोजिम तोकिएको सदस्यतासम्बन्धी काम गर्ने, गराउने र सदस्यता विशेष अभियानको रुपमा ‘सदस्यता घर आँगन’ अभियान सञ्चालनलाई प्राथमिकता दिइएको जिल्ला समितिले जनाएको छ।कार्किले तिला गाउँपालि‍का- ६ र ७ वडामा प्रतिनिधिको रुपमा खटाएको बताए। कांग्रेसलाई मजबुत बनाउन सबै जुट्नु विकल्प नभएको बताए।  

प्रकाशित: १४ मंसिर २०८१ १८:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App