८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

मधेस सरकारको नेतृत्व काँग्रेसको बनाउनुपर्छ: महामन्त्री शर्मा

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मधेस सरकारको विकल्प खोजिने बताएका छन् । शनिवार सिराहाको लहानमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् । 

‘अब मधेस सरकारको विकल्प खोजिनेछ । काँग्रेसले अहिलेसम्म मधेसमा मुख्यमन्त्री पाएको छैन,’ महामन्त्री शर्माले भने, ‘यसैले काँग्रेस नेतृत्वमा बनाउनुपर्छ । एमाले, काँग्रेस र लोसपा मिल्दा सहजै बन्छ ।’ जनमत पार्टी सङ्घीय सरकारमा सहभागी रहेकाले मधेसमा अहिले सरकारको नेतृत्व उसलाई दिइएको उनले बताए । ‘अहिले मुख्यमन्त्री केन्द्रीय सरकारको कारणले राखेका छौँ, तर जे जति काम गराइ भइरहेको छ, त्यो चित्त बुझ्दो छैन,’ महामन्त्री शर्माले भने । 

अहिले नै मधेस सरकार ढल्छ भन्ने चाही नभएको उनले बताए । उनले भने, ‘तर यही ढङ्गले अघि बढे काँग्रेसले केन्द्रबाट निर्णय गरेर अघि बढ्छ ।’

आफ्नो मधेस दौडाहाका क्रममा जनमत पार्टी नेतृत्वको सरकारसँग जनता सन्तुष्ट नरहेको पाइएको पनि महामन्त्री शर्माले बताए ।

प्रकाशित: ८ मंसिर २०८१ १८:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App