२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

विशेष महाधिवेशन वैधानिक छैन : कांग्रेस प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशन कुनै पनि कोणबाट वैधानिक नभएको बताएका छन्। उक्त विशेष महाधिवेशनको भोलि उद्घाटन हुने तयारी छ।

सभापति शेरबहादुर देउवानिकट मानिने प्रवक्ता महतले केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै संशोधित कार्यतालिका सबैले मान्नुपर्ने बताए। उनले पदाधिकारीहरू स्वयंले पनि पार्टीको निर्णय कार्यान्वयन गर्नुपर्ने अवस्था रहेको उल्लेख गरे।

उनले भने, “संशोधित कार्यतालिका सबैले मान्नुपर्छ। पदाधिकारी साथीहरूले त झन् निर्णय कार्यान्वयन गर्न लाग्नुपर्छ। यस्तो अवस्थामा विशेष महाधिवेशन वैधानिक र व्यवहारिक दुवै हिसाबले उचित छैन।”

महतले विशेष महाधिवेशन रोकेर पार्टीलाई एकताबद्ध बनाउँदै आगामी चुनावमा केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याए। विभाजनभन्दा पनि नीतिगत प्रस्तावहरू केन्द्रीय समितिबाट पारित गर्दै अघि बढ्नु नै पार्टीको हितमा हुने उनको भनाइ थियो।

प्रकाशित: २६ पुस २०८२ १४:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App