राज्य व्यवस्था तथा सुशासन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन गर्न बनेको विधेयक चाँडै संसद्मा लैजाने गरी तयारी थालेको छ।
सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन गर्न बनेको विधेयक चाँडै संसद्मा लैजाने गरी तयारी थालेको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए।
उनले बैठकमा विधेयकका बारेमा धेरै राम्रो छलफल भएको बताए । प्रदेशमा अख्तियार के गर्ने रु बेनामे के गर्ने ? नीतिगत भ्रष्टाचारको बारेमा के गर्ने ? भन्नेबारेमा समिति स्पष्ट हुनुपर्ने जरुरी रहेको बताए। उनले अख्तियारमा मुद्दा परेको समयावधि कति समय भित्र अन्त्य गर्ने भन्नेमा केन्द्रित भएर उपसमितिले छिटै प्रतिवेदन ल्याउने आशा गरेको बताए।
प्रकाशित: २६ कार्तिक २०८१ १५:४३ सोमबार