७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धी विधेयक चाँडै संसदमा लैजान्छौँ: सभापति खतिवडा

राज्य व्यवस्था तथा सुशासन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन गर्न बनेको विधेयक चाँडै संसद्मा लैजाने गरी तयारी थालेको छ।

अख्तियारको टोली नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा,केही कागजपत्र बरामद

नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ ।

अख्तियारले मुद्दा दायर गरेपछि कर्मचारी निलम्बन हुनुपर्छ: प्रमुख आयुक्त राई

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अख्तियारले मुद्दा दायर गरेपछि कर्मचारीहरू निलम्बित हुनुपर्ने बताएका छन्।

भ्रष्टाचार मुद्दाको हदम्यादमा आयोगको कुनै धारणा छैन : प्रमुख आयुक्त राई

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारको मुद्दामा हदम्यादको विषयमा आयोगको कुनै धारणा नरहेको बताएका छन्।

गतआर्थिक वर्ष स्थानीय तहका प्रतिनिधिविरुद्ध ८१ वटा मुद्दा, १७ जना बहालवाला प्रमुख

गत आर्थिक वर्ष स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित विभिन्न कर्मचारीविरुद्ध ८१ वटा मुद्दा दर्ता भएका छन् ।

नरहाका अधिकृत र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औषधि खरिदमा भ्रष्टाचार गरेको अभियोगमा सिरहाको नरहा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भवेश कुमार झा र लेखापाल सरेश कुमार कुसियैतमाथि भ्रष्टाचार विरुद्ध मुद्दा दायर गरेको छ।

नक्कली प्रमाणपत्र पेस गरेको आरोपमा आयुर्वेद चिकित्सक साह विरुद्ध मुद्दा दायर

नक्कली प्रमाणपत्र पेस गरी सरकारी सेवामा नियुक्ति लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयकी होमियोपेथिक चिकित्सा आठौँ तहकी कर्मचारी संगिता कुमारी साह विरुद्ध मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७९/८०) प्रतिनिधि सभामा पेस गरिएको छ।

कटहरियाका मेयर- उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कटहरिया नगरपालिकाका नगर प्रमुख र उपप्रमुखसहित अन्य विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

फुङलिङका इञ्जिनियर हुसेनको घरमा अख्तियारको छापा

सेवाग्राहीसँग १ लाख रुपैयाँ अतिरिक्त रकम लिएको आशंकामा ताप्लेजुङको फुङलिङ नगरपालिकाका इञ्जिनियर अख्तर हुसेनको घरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ ।

पहिलोपटक बहालवाला मुख्यसचिवलाई भ्रष्टाचार–मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारका मुख्यसचिव वैकुण्ठ अर्याल, अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्यलगायत ११ जना र एक कम्पनीविरुद्ध ३८ करोड ६७ लाख १७ हजार रुपैयाँ बिगो मागदाबी गर्दै आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

बहालवाला मुख्यसचिव डा.वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहालवाला मुख्यसचिव डा. वैकुण्ठ अर्यालसहित ९ जना सरकारी कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

नवराजपुर गाउँपालिकाको तत्कालीन अध्यक्ष र उपाध्यक्षविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहा नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्ष विश्वमोहनप्रसाद यादव, उपाध्यक्ष शोभाकुमारी यादव, प्रमुख प्रशासकीय अधिकृतसमेत १४ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।

नापी कार्यालयका सर्वेक्षक गुप्ता ३५ हजार घुस सहित अख्तियारको नियन्त्रणमा

कपिलवस्तुको शिवराजनगर नगरपालिकाको चन्द्रौटा स्थित नापी कार्यालय चन्द्रौटाका सर्वेक्षक बेचन प्रसाद गुप्ता शुक्रवार दिउसो २ बजेतिर ३५ हजार घुस सहित रंगेंहात पक्राउ परेका छन।

कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक बस्दै, होला त सहमति ?

सहकारीको रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्न भनिएको संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक आज बस्दै छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्