४ वैशाख २०८२ बिहीबार
image/svg+xml ४:५० पूर्वाह्न
राजनीति

एमालेले लिएको जग्गा दानसम्बन्धी मुद्दा हेर्न नभ्याइने

नेकपा एमालेले पार्टी कार्यलय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले दानमा दिएको जग्गा विरुद्ध दायर भएको रिट हेर्न नभ्याइनेमा परेको छ।

बिहीबार न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा पेसी रहेको उक्त मुद्दा न्यायाधीशले हेर्न नमिल्ने भएपछि रिट हेर्न नभ्याइनेमा परेको हो।

मुद्दाको अर्को पेसी आइतबारका लागि तोकिएको छ।

मुलुकको कार्यकारी पदमा बसेर दानका रूपमा विवादित व्यवसायीबाट यति ठूलो सम्पत्ति दान लिनु भ्रष्टाचार भएको दाबी गर्दै ज्ञानकुमार बस्नेतले बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए। सर्वोच्चले गर्ने आदेशले उक्त दानको विषयलाई निरुपण गर्नेछ।  

प्रकाशित: ८ कार्तिक २०८१ १७:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App