७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

केन्द्रको दबाबपछि मुख्यमन्त्री सिंहले हटाए ८ राज्यमन्त्री

मधेस सरकारले प्रदेश सरकारको ८ जना राज्यमन्त्रीलाई हटाउने निर्णय प्रदेश प्रमुख समक्ष पठाएको छ।

मुख्यमन्त्री सतिसकुमार सिंहले प्रदेश सरकारमा नियुक्त भएका ८ वटै राज्यमन्त्रीलाई हटाउने निर्णय प्रदेश प्रमुख समक्ष पठाएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जानकारी दिएको छ।

मुख्यमन्त्री कार्यालयका अनुसार हालै नियुक्त भएका ८ राज्यमन्त्रीलाई बर्खास्त गर्न प्रदेश प्रमुखलाई मंगलबार बिहान पत्र पठाइसकिएको छ।

केन्द्रको सत्तारुढ दलहरूको सहमति अनुसार मुख्यमन्त्री सिंहले सबै राज्यमन्त्रीहरूलाई हटाउने निर्णय लिएको जनाइएको छ।

प्रदेश सरकारले गत मंगलबार रेखा ठाकुर, निलम कुमारी रजक, रामबाबु यादव, शम्भु साह र मोहम्मद जैद आलमलाई राज्यमन्त्रीमा नियुक्त गरेको थियो भने त्यसअघि केशव राय, शारदा देवी थापा र रञ्जुकुमारी मण्डल टङ्ग राज्यमन्त्रीमा नियुक्त भएका थिए।

प्रदेश प्रमुख कार्यालयले ८ वटै राज्यमन्त्रीहरूलाई पदमुक्त गर्न मुख्यमन्त्री कार्यालयबाट पत्र प्राप्त भएको पुष्टि गरे।

प्रकाशित: २९ श्रावण २०८१ १२:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App