७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सोविताको प्रश्न: राष्ट्रिय दलका कार्यकर्ताले ममाथि दुर्व्यवहार गरे, यसको जिम्मा कसले लिने ?

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले राष्ट्रिय दलका कार्यकर्ताले आफूमाथि दुर्व्यवहार गरेको बताएकी छिन्।

सोमबार प्रतिनिधि सभामा बोल्दै सांसद गौतमले आफू निर्वाचन क्षेत्रमा जाँदा राष्ट्रिय दलका कार्यकर्ताले दुर्व्यवहार गरेकाे बताएकी हुन्।

उनले भनिन्, ' म आफ्नो निर्वाचन क्षेत्र मूलपानी नजिक पहिरोको अवलोकन गर्न गएको थिए। त्यहाँ चिया पसलमा केही स्थानीय मलाई पर्खिरहनु भएको थियो। हामी पहिरो अवलोकन गरेर फर्कँदा त्यहाँ केही युवाहरू थिए। उहाँहरूले गाँजा खाएका र मदिरा सेवन गरेका थिए भने केही सामान्य हुनुहुन्थ्र्यो। मलाई चिया पसलमा उहाँहरूले घेरा हालेर तथानाम भन्न थाले। मैले तपाईँहरूको समस्या के हो भन्नुहोला, अलि सानो स्वरमा बोल्नुहोला भनेर नम्र हुँदै भन्दै थिए। तर उहाँहरूले त्यहाँ पार्टीगत आक्षेप लाउन थाल्नुभयो। उहाँहरूलाई मैले विनम्र भएर बोल्नुस् भन्दै थिए, मैले साथीहरू तपाईँहरूले नम्र भएर पनि आफ्नो समस्या राख्न सक्नुहुन्छ। यस्तो शैलीले समाज बन्दैन। तपाईँहरूले जे गर्नुभयो नराम्रो गर्नुभयो भनेको थिए। मैले त्यो अन्तमा बोलेको भिडियो मात्र सामाजिक सञ्जालमा देखे। त्यो भिडियो खेलेर हेर्दा भिडियो अपलोड गर्ने जो मलाई अभद्र व्यवहार गर्ने व्यक्ति हुनुहुन्थ्र्यो। उहाँ कुनै राष्ट्रिय दलको युवा सङ्गठनको साथी हुनुहुन्थ्र्यो। यसरी अभद्र शैलीले छोरी मान्छेहरूलाई तर्साउने अभ्यास जङ्गली भएन। यो जिम्मा त्यो राष्ट्रिय दलले लिने की नलिने।' 

प्रकाशित: २१ श्रावण २०८१ १४:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App