११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

मन्त्री पौडेल र माल्दिभ्सकी मन्त्री खादिजाबिच भेटघाट

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र माल्दिभ्सकी स्वास्थ्य राज्यमन्त्री खादिजा अब्दुल समाद अब्दुल्लाहबिच न्युयोर्कमा भेटघाट भएको छ।

संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा जनसङ्ख्या तथा विकास आयोगको ५८औँ सम्मेलनमा भाग लिन आएका मन्त्री पौडेलले ‘साइडलाइन’ भेटघाट गर्दै आएका छन्।

न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपाली नियोगले दिएको जानकारी अनुसार उनीहरूबिच स्वास्थ्य क्षेत्रमा सहकार्य गर्नेलगायत विषयमा छलफल भएको थियो।

प्रकाशित: २८ चैत्र २०८१ ०६:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App